अमरनाथ दर्शनमा हिडेका श्रद्धालुको गाडीमा आतंकवादी हमला, ७ को मृत्यु

0
42

भारतको चर्चित अमरनाथ यात्रामा निस्किएका हिन्दु श्रद्धालु चढेको गाडीमा राती ८ बजेर ३५ मिनेट जाँदा आतंकवादी हमला भएको छ। जसमा ७ श्रद्धालुले ज्यान गुमाएका छन भने १५ जना गम्भीर घाइते भएको भारतीय न्युज च्यानलले बताएको छ।

हमला अनन्तनागनजिकै बटेङ्गुमा भएको थियो। जहाँ श्रद्धालुले भरिएको बसभित्र आतंकवादीले फायरिङ गरेको बताइएको छ। प्रारम्भिक रिपोर्टअनुसार तीन भिन्न ठाउँबाट आतंकवादीले अमरनाथ यात्रुलाई निशाना बनाएका थिए।

तपाईको प्रतिक्रिया: