मेची नेत्रालय सिटी लिग ह्यापी क्लबको पोल्टामा

0
136

मेचीनगर | मेची नेत्रालय काँकरभिट्टा सिटी लिग कम नक आउट फुटबल प्रतियोगिताको उपाधी ह्यापी क्लबले आफ्नो पोल्टामा पारेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा आज भएको फाइनल खेलमा ह्यापी क्लबले हेल राईडर क्लबलाई  ट्राई बेक्करमा ५ – ४ गोलले हराउँदै सिटी लिगको फाइनल बिजेता बनेको हो । खेलको पहिलो हाफको २७ औ मिनेटमा ह्यापी क्लबले पाएको पेनाल्टी सुटमा विदेशी खेलाडी स्यामसुङले गोल गर्दै अग्रता लिएको थियो । खेलको ३९ औ मिनेटमा हेल राइडरका आदित्य कार्कीले फ्याकेको क्रस बललाई हेडमार्फत संजय क्षेत्रीले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित फाइनल खेलको निधारित समयसम्म दुबै क्लबले बराबर खेल खेलेपछि ट्राई बेक्करमा पुगेर खेल टुङिगएको थियो । खेलको म्यान अफ दि म्याच वाङचुक तामाङ घोषित भएका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी ह्यापीका योगेश गुरुङलाई नगद ५ हजार, सर्वाधिक गोलकर्ता ह्यापीका स्यामसुङलाई नगद ३ हजार पाँच सय, उत्कृष्ट स्टाईकर आदित्य कार्कीलाई नगद ३ हजार,उदयमान खेलाडी मिलन राईलाई नगद ३ हजार, उत्कृष्ट गोल रक्षक जिबन गुरुङलाई नगद ३ हजार, उत्कृष्ट रक्षक सुरज आले मगरलाई नगद ३ हजार, उत्कृष्ट मिड फिल्डर खमिर गिल्सन कन्दङवालाई नगद ३ हजार, फेयर टिम बर्मेली युवा क्लबलाई नगद ३ हजार, उत्कृष्ट कोच ह्यापीका भास्कर आर्चायलाई नगद ३ हजार, उत्कृष्ट मेनेजर हेल राईडरका देव क्षेत्रीलाई नगद ३ हजार तथा बिजेतालाई नथद १ लाख र उपबिजेतालाई नगद ५० हजार ट्रफी प्रमाण पत्र  समापन कार्यक्रमका प्रमुख अतिथि एन्फाका केन्द्रिय सदस्य पंकज विक्रम नेम्वाङ, मेची नेत्रालयका प्रबन्धक निर्देशक शरद चन्द्र राई, शंकर थापा, जल कुमार गरुङ, भगीरथ आले मामा, नगेन्द्र गुरुङ, गंगालाल गुरुङ लगायतले प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here