तारापुञ्ज र नवोदय अङ्ग्रेजी मावि विजयी

0
109

काँकरभिट्टा | झापा जिल्लास्तरीय अन्तरमावि छात्र/छात्रा क्रिकेट प्रतियोगिता अन्र्तगत दोस्रो दिनको खेलमा तारापुञ्ज अङ्ग्रेजी स्कूल र नवोदय अङ्ग्रेजी मावि विजयी भएको छ ।

जिल्ला खेलकूद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा काँकरभिट्टाको तुर्केनी खेल मैदानमा जारी प्रतियोगिताको मङ्गलबार छात्रातर्फको पहिलो खेलमा तारापुञ्जले निहारिका अङ्ग्रेजी स्कूललाई ३२ रनले पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ् रोजेको तारापुञ्जले १२ ओभरमा सबै विकेट गुमाउँदै १ सय २७ रन को योगफल तयार गरेको थियो । जसमा अङ्किता राईले ६४ रन बनाएकी थिईन् ।

बलिङतर्फ निहारीकाकी सृजना श्रेष्ठले २ विकेट लिएकी थिईन् । प्रत्युत्तरमा १ सय २७ रनको विजय लक्ष्य लिएर मैदान आर्लिएको निहारीकाले ९५ रन बनाउँदै अल आउट भएको थियो ।

बलिङतर्फ तारापुञ्जकी अङ्किता राई ४ विकेट लिएकी थिईन् । त्यसैगरी आजै भएको छात्रतर्फको दोस्रो खेलमा नवोदय माविले महेन्द्ररत्न माविलाई ५२ रनले पराजित गरेको थियो । टस जितेर ब्याटिङ रोजेको नवोदयले निर्धारित १५ ओभरमा १ सय २९ योगफल जोडेको थियो । जसमा विशाल भटराई ४९ र विवेक ढकालले ४७ रन बनाएका थिए । बलिङतर्फ महेन्द्रका समिर कार्कीले २ विकेट लिएका थिए ।

प्रत्युत्तरमा १ सय २९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको महेन्द्रले अल आउट हुँदै ७७ रन जोडेको थियो । जसमा माधवले २६ रन जोडेका थिए । बलिङ्मा नवोदयका आभाष राई ४ विकेट लिए । भोलीको पहिलो खेल छात्रातर्फ आदर्श मावि र प्रगती माविबीच हुने छ भने दोस्रो खेल छात्रतर्फ तारापुञ्ज र देवकोटा माविबीच हुने क्रिकेटका पूर्व अन्र्तराष्ट्रिय खेलाडी लाक्पा लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here