तारापुञ्ज अङ्ग्रेजी मावि र आदर्श मावि विजयी

0
107

काँकरभिट्टा | झापा जिल्लास्तरीय अन्तरमावि छात्र/छात्रा क्रिकेट प्रतियोगिता अन्र्तगत तेस्रो दिनको खेलमा तारापुञ्ज अङ्ग्रेजी मावि र आदर्श मावि विजयी भएको छ ।जिल्ला खेलकूद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा काँकरभिट्टाको तुर्केनी खेल मैदानमा जारी प्रतियोगिताको बुधबार छात्रातर्फको पहिलो खेलमा तारापुञ्जले देवकोटा माविलाई ४७ रनले पराजित गर्दै तारापुञ्ज फाइनल प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ् रोजेको तारापुञ्जले १२ ओभरमा १ सय २७ रन को योगफल जोडेको थियो । जसमा अङ्किता राईले ४७ र सिर्जना श्रेष्ठले २९ रन बनाएकी थिईन् । बलिङतर्फ देवकोटाकी नेहा महावती १ विकेट लिएकी थिईन् ।

प्रत्युत्तरमा १ सय २७ रनको विजय लक्ष्य लिएर मैदान आर्लिएको देवकोटाले ८० रन बनाउँदै अल आउट भएको थियो । जसमा कविसा खड्काले ४५ रन बनाएकी थिईन् । बलिङतर्फ तारापुञ्जकी जिना शेर्पाले २ र अङ्किता राईले २ विकेट लिएकी थिईन् ।

त्यसैगरी बुधबारै भएको छात्रतर्फको खेलमा आदर्श माविले प्रगती माविलाई ६ रनले पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ रोजेको आदर्श माविले निर्धारित १२ ओभरमा ९० रन बनाएको थियो । जसमा जयदेव राजवंशीले २९ र बलिङतर्फ प्रगतीका उत्तम श्रेष्ठले ३ विकेट र सुजन कटुवालले २ विकेट लिएका थिए ।

प्रत्युत्तरमा ९० रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको प्रगतीले ८४ रनमा अल आउट भएको थियो । जसमा सुजन कटुवालले १४ रन जोडेका थिए । बलिङ्मा आदर्शका दर्पण थापाले ३ र जयदेव राजवंशीले २ विकेट लिए ।

बिहीबारको खेल कन्काई मावि र ग्लोबल अङ्ग्रेजी मावि, सेन्टपल्स अङ्ग्रेजी मावि र झिलझिले मावि तथा काँकरभिट्टा मावि र हरिकुल अङ्ग्रेजी माविबीच हुने क्रिकेटका पूर्व अन्र्तराष्ट्रिय खेलाडी लाक्पा लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here