सल्यानमा विजय र्‍यालीमा सहभागी कांग्रेस कार्यकर्ताको मृत्यु

0
79

सल्यान | सल्यानकाे त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएपछि निकालिएको विजयी र्‍यालीमा सहभागी एक जना कांग्रेस कार्यकर्ताको मृत्यु भएकाे छ।

विजयी र्‍यालीमा सहभागी भएका त्रिवेणी गाउँपालिका-९ का २३ वर्षीय खिमबहादुर केसीको सडकमा लडेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिनुभयाे।

कांग्रेसको विजयी र्‍याली मनाउँदै गर्दा लुहाम बजारको काभ्रा रोडमा लडेर केसी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते खत्रीलार्इ उपचारका लागि अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषित गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here