काँकरभिट्टामा साकेला उभौली पर्व

0
282

काँकरभिट्टा | प्रत्येक वर्षको वैशाख पुर्णिमा देखि लगातार १५ दिन सम्म किराँत राईहरुले मनाउने गरेको किराँतीहरुको महान पर्व येले दोङ् एवम् साकेला उभौली भूमि पुजा २०७४ शनिवार किराँत राई यायोक्खा काँकरभिट्टाको आयोजनामा मेचीनगर–६, रमाईलो गाँउको साकेला थानमा भुमि पुजा तथा साकेला सिलि प्रदर्शन गरी मनाईएको छ ।

किराँत राई यायोक्खा प्रारम्भिक समिति मेचीनगर–६, काँकरभिट्टाका अध्यक्ष धन बहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि किराँत राई यायोक्खाका झापा जिल्ला समितिका अध्यक्ष ईन्द्रमान चाम्लिङ्ग रहेका थिए भने विशिष्ट अतिथिहरुमा मेची नेत्रालयका प्रबन्ध निर्देशक डा. शरद चन्द्र राई र काँकरभिट्टा पर्यटन कार्यलयका शाखा अधिकृत अभय गुप्ता रहेको कार्यक्रममा समाजसेवी धनप्रसाद गुरुङ्, किरात राई यायोक्खाका जिल्ला सचिव केबलराम राईले बोलेका थिए भने कार्यक्रममा बुट्टाबारी, धाईजन, बाहुंडाँगी, टाघनडुब्बा, पृथ्वीनगर, मागुरमाडी, सितापुरी, शिवसताक्षी, पारुहाङ्ग टोल र काँकरभिट्टा लगायतको समुहले साकेला सिलि प्रदर्शन गरेका थिए ।

कार्यक्रममा स्व. राम कुमार राईको सम्झना स्वरुप साल्पा पोखरी बनाउन रु १,७५,००० सहयोग गर्नु भएकोमा श्रीमती कमला राईलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । त्यसैगरी स्व. पति आरके राईको सम्झनामा दक्षिण तर्फको गेट निर्माण गर्न सहयोग गरेका श्रीमती कविता राई, मुल गेट बनाउन सहयोग गर्ने पुष्पा गुरुङ् र पुर्व तर्फको गेट बनाउन सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनो सहित सम्मान गरियो भने संस्थाका सल्लाहकार प्रेम राईले संस्थालाई प्रत्येक वर्ष १२००० दिने उद्घोष समेत गरेका छन् ।

कार्यक्रममा अतिथिहरु नेपाली काँग्रेसका महासमिति सदस्य बिमल आचार्य, बालजित राई, नेपाल आदिबासी जनजाती महासंघ मेचीनगर समितिका उपाध्यक्ष राम बहादुर वाईवा, खस क्षेत्री समाजका नगर संयोजक उमेश कुमार थापा, धिमाल पत्रकार मञ्चका केन्द्रिय महासचिव लगायतको उपस्थिति रहेको कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष विष्णुमाया राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव अशोक कुमार राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here