क्रिकेटमा ग्लोबल फुटबलमा मुनाल, लालिमा र गणेश फाइनल प्रवेश

0
104

काँकरभिट्टा |झापा जिल्लास्तरीय अन्तर मावि छात्र÷छात्रा क्रिकेट प्रतियोगितामा ग्लोबल एकाडेमी फाइनल प्रवेश गरेको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको सहयोगमा काँकरभिट्टाको तुर्केनी खेल मैदानमा जारी प्रतियोगिताको आइतबार सम्पन्न दोश्रो सेमीफाइनल खेलको छात्रतर्फमा ग्लोबल एकाडेमीले नवोदय माविलाई १० विकेटले हराउदै फाइनल प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नवोदय माविले १८ ओभरमा सबै विकेट गुमाउदै ६७ रनको योगफल खडा गरेको थियो । जसमा मुन्ना तामाङले २५ रन जोडेको थियो । बलिङतर्फ ग्लोबलका प्रदिप कार्कीले ३ विकेट लिएका थिए ।

प्रत्युत्तरमा ६८ रनको विजय लक्ष्य लिएर मैदान ओर्लिएको ग्लोबल एकाडेमीले १२ दशमलब २ ओभरमा विजय यात्रा तय गरेका थिए । जसमा प्रशान्तले २५ रन बनाएका थियो ।

मगलबार हुने फाइनलको पहिलो खेल छात्रातर्फमा तारापुञ्ज मावि र अरुणोदय मावि बिच हुने छ । दोस्रो छात्रतर्फको फाइनल खेल ग्लोबल एकाडेमी र आर्दश मावि बिच हुने छ ।

यसैगरी, अन्तर मावि छात्र/छात्रा फुटबल प्रतियोगितामा मुनाल एकाडेमी, लालिमा र गणेश मावि फाइनल प्रवेश गरेका छन् । काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको आइतबार सम्पन्न अन्तिम सेमीफाइनलमा छात्रतर्फ मुनाल एकाडेमीले पशुपति माविलाई ४ – शुन्य गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । मुनालका चन्द्र गुरुङले ह्याट्रिक गरेका थिए ।

छात्रातर्फको अन्तिम सेमीफाइनको पहिलो खेलमा लालिमा माविले कन्काई माविलाई २ – शुन्य गोल अन्तरले पराजित गरेको थियो । लालिमाका उर्मीला राई र पब्बी राईले एक / एक गोल गरेका थिए । त्यसैगरी छात्रातर्फको अन्तिम सेमीफाइनल खेलको दोश्रो खेलमा गणेश माविले ज्यामीरगढी माविलाई १ – शुन्य गोलले पराजित गरेको थियो । गणेश माविका लागि अस्मीता लिम्बुले गोल गरेकी थिइन् ।

मंगलबार छात्रतर्फ मुनाल एकाडेमी र इष्ट होराइजन मावि तथा छात्रातर्फ गणेश मावि र लालिमा माविबीच फाइनल खेल हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here