बस्तुगत परिषदको सदस्यमा भट्टराई मनोनित

0
74

बिर्तामोड | बस्तुगत परिषदको सदस्यमा नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवम् विर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष निर्मल भट्टराई मनोनित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाद्वारा महासंघको बिधानको दफा ३९।२।१ अनुसार उपाध्यक्ष उमेशलाल श्रेष्ठको सभापतित्वमा गठित २१ सदस्यीय बस्तुगत परिषदमा भट्टराईलाई  मनोनित गरेकी हुन् ।

महासंघका  कार्य समितीका सदस्य र बिभिन्न बस्तुगत संघका अध्यक्षहरुलाई समेत मनोनिनत गरिएको छ । बिर्तामोड निवासी  भट्टराई अलैंची ब्यवसायमा आबद्व सफल र स्वच्छ छविका ब्यवसायीका रुपमा  चिनिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here