ढलान मेसिनबाट करेन्ट लागेर झापामा एकको मृत्यु

0
87

झापा | झापाको गौरीगंञ्ज गाउँपालिका-६ मा मंगलबार ढलान मेसिनबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको आसाम घर भई हाल गौरीगंञ्ज गाउँपालिका-६ आँमडागी बस्ने २० वर्षीय अर्पण मेचे रहेका छन्।

उनलाई सोही ठाउँको रामचन्द्र खोलाको पुल बनाउने क्रममा ढलान मेसिन बन्द गर्दा उक्त मेसिनबाट अचानक करेन्ट लागेको थियो। करेन्ट लागी गम्भिर घाइते भएका उनलाई उपचारकोलागी लाईफ लाईन अस्पताल दमक ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगंञ्जले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here