नेकपा मालेले टुंगो लगायो सवै उम्मेद्वार

0
94

झापा |स्थानीय तहको निर्वाचनका लागि नेकपा मालेले मेचीनगर नगरपालिकाको प्रमुख एवम् उपप्रमुखसहित ७ वटा वडाका वडाध्यक्षहरुको उम्मेद्वारी टुङ्गो लगाएको छ ।

नेकपा मालेका मेचीनगर कमिटी सचिव गणेशप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले प्रमुखमा बद्रीप्रसाद उप्रेती र उपप्रमुखमा दुर्गा उप्रेती पाठकको उम्मेद्वारी सर्वसम्मत रुपमा टुङ्गो लगाएको हो ।

काँकरभिट्टास्थित नगर पार्टी कार्यालयमा आयोजित बैठकले वडा अध्यक्षहरुमा १ बाट वीरबहादुर प्रधान, ४ बाट देउकुमार कार्की, ५ बाट नरेन्द्र पाठक(नवीन), ६ बाट गणेशप्रसाद पोखरेल, ७ बाट किरण कन्दङ्वा, ९ बाट नित्यानन्द पाठक र १० बाट भरोसादाश पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

बैठकले आसन्न स्थानीय तह चुनावका लागि पार्टीका नगर कमिटि सदस्य भरोसादाश पौडेलको संयोजकत्वमा ४१ सदस्यीय नगरस्तरीय चुनाव प्रचार प्रसार कमिटी समेत गठन गरेको छ ।

आगामी १७ गते बस्ने नगर पार्टीको बैठकबाट बाँकी ८ वटा वडाहरुका अध्यक्षलगायत अन्य पदका उम्मेद्वारहरुको टुङ्गो लगाइने पार्टीका जिल्ला सदस्य एवम् क्षेत्रीय कमिटी इञ्चार्ज बद्रीप्रसाद उप्रेतीले जानकारी दिए ।
उनका अनुसार उम्मेद्वारको टुङ्गो लागि सकेका वडाहरुमा एक साताअघिदेखि चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरी मतदाता भेटघाट कार्यक्रम सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here