काँकरभिट्टाक्षेत्रको सरसफाई

0
108

काँकरभिट्टा | इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सक्रियतामा शुक्रबार काँकरभिट्टाक्षेत्रको सरसफाई गरिएको छ । ‘प्रहरी मेरो साथी’ भन्ने श्लोग्नलाई सार्थक तुल्याउन कार्यालयले सामाजिक कार्यको थालनी गरेको हो । सरसफाईमा मेची भन्सार , अन्य सुरक्षा निकाय, विभिन्न सामाजिक संघसंस्थाको सहभागिता थिए । काँकरभिट्टा—पानीट्याँकी रिक्शा स्टेण्डदेखि मुख्यःराजमार्गको दाया बायाक्षेत्रका जंगल फाड्नुका साथै मेची पुलको नेपाली भूभागसम्मका क्षेत्रमा सरसफाई गरिएको थियो । प्रहरीले स्थानीयलाई आफ्नो घरबाट निस्केका फोहोर मैला सडकमा नफाल्न र प्रत्येकलाई आफ्नो घर वरपर सरसफाई गर्न समेत आग्रह गरेको थियो ।

सरसफाईमा सक्रिय नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, माइती नेपाल, साना हातहरुकातर्फबाट सहभागीले राजमार्गको दाया बाया अव्यवस्थितरुपमा उम्रेका रुख काटेर नष्ट, झारपात उखेल्ने तथा प्लाष्टिकका बोत्तललगायतका सामाग्री संकलन गरी नष्ट गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।
अभियानमा रेग्मीसहित मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारी, सशस्त्र प्रहरी निरीक्षक मोहनबहादुर देवकोटालगायत सहभागी थिए । सरसफाईमा अभियानमा नेपाली काँग्रेसका १ नम्बर क्षेत्रीय उपसभापति हर्क फियाकले १० काट्न पिउने पानी र मेचीनगर नगरपालिका र काँकरभिट्टा खानेपानी उपभोक्ता समितिले फोहोर संकलनका लागि ट्याक्टर उपलब्ध गराएका थिए । आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा समेत सरसफाई गरिने सशस्त्र प्रहरी निरीक्षक देवकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here