रुपसागर र कञ्चनले दिए राजिनामा

0
111

धुलाबारी । नेपाली काँग्रेस मेचीनगरको वडा अध्यक्ष र सदस्य पदका उम्मेद्वार छनौटमा प्रक्रियामा  असन्तुष्टी जनाउँदै काँग्रेस क्षेत्रिय सहसचिब रुपसागर अधिकारीले आफ्नो पदबाट राजिनामा दिनु भएको छ । अधिकारीले जेठ १२ गते हिजो प्रेस बिज्ञप्ती जारी गर्दै क्षेत्रिय समितिको जेठ ९ गतेको बैठकले उम्मेद्वारको नाम निर्णय गरिसके पछि निर्णयमा क्षेत्रिय समितिले अडान राख्न नसकेको कारण देखाउँदै आफुले क्षेत्रिय सहसचिब सहित नेपाली काँग्रेससंग जोडिएका सबै जिम्मेवारीबाट तत्काल लागु हुने गरी राजिनामा दिएको बताउनु भएको छ ।

पार्टी भित्र युवाहरुलाई पाखा लगाई गुटगत राजनिति हाबी भएकाले काम गर्न सक्ने अवस्था नभएको बिज्ञप्तीमा अधिकारीले आरोप लगाउनु भएको छ । युवाहरुको सम्मान हुने गरी काम गर्ने अवस्था आए आफु फेरी सक्रिय राजनितिमा फर्कने तर तत्काल काँग्रेसको सामान्य सदस्य भएर मात्र बस्ने बिज्ञप्तीमा अधिकारीले उल्लेख गर्नु भएको छ ।

जेठ ९ गते काँग्रेस क्षेत्रिय समितिको बैठकले मेचीनगरका १५ वटै वडाका अध्यक्ष र सदस्यहरुको नाम निर्णय गरेको थियोे तर क्षेत्रिय पदाधिकारी सबै उम्मेद्वार हुने गरी निर्णयकर्ताहरुले नै आफुहरु बिच उम्मेद्वारी वाँडफाड गरेको आरोप लगाउँदै कार्यकर्ताले तिब्र बिरोध गरे पछि क्षेत्रिय पदाधिकारीहरुले उम्मेद्वारी फिर्ता लिएका थिए ।

यसै बिच साबिक मेचीनगर–१२ का काँग्रेसका वडा सभापति कञ्चन बरालले पनि आफ्नो पदबाट राजिनामा दिनु भएको छ । रुपसागर अधिकारीलाई वडा नं. ७ को वडा अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णयबाट क्षेत्रिय समिति पछि हटेको जनाउँदै बरालले बिज्ञप्ती मार्फत राजिनामा दिनु भएको छ । बरालले मेचीनगर–७ का लोकप्रिय ब्यक्ति अधिकारीलाई पाखा लगाएकाले आफुले राजिनामा गरेको बिज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here