संगठनको माग

0
106

मेचीनगर |  नेपाल राष्ट्रिय शिक्षक संगठन मेचीनगरले नगरमा कार्यरत शिक्षकहरुको पेशाको सुनिश्चिता गर्न माग गरेको छ । संगठनले नगरभरिका विभिन्न राजनीतिक दलहरुलाई आफ्नो माग पत्र समेत बुझाउने तयारी गरेको छ । यसैक्रममा सोमबार नेकपा एमाले मेचीनगर कमिटीलाई नौ बुदेँ माग पत्र बुझाएको छ ।

नगर अध्यक्ष लम्बोदर पौडेल र सचिव रुद्र संग्रौलाले हस्ताक्षर गरेको माग पत्र एमाले मेचीनगर अध्यक्ष खेमराज ‐राजु ) पोखरेललाई बुझाएका थिए । पोखरेलले उक्त मागपत्र तत्काल मस्यौदा समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीलाई हस्तानतरण गरेका थिए ।

मेचीनगर बहुजाति, बहुभाषिक, बहुधार्मिक, भएकोले सवैको आत्मासम्मान हुने गरी सामाजिक न्याय प्रदान गर्ने शिक्षा नीति बनाएर समयानुकूल बनाई समतामुलक शिक्षा प्रणालीको स्थापना गरी गुणस्तरीय प्रतिस्पर्धात्मक, जनमुखी, रोजगारमुलक, बहुप्राविधिक शिक्षालाई तर्जुमा गरी कार्यान्वयन गर्न पनि माग गदैं संगठनले नेकपा एमालेको ध्यानाकर्षण गराएको छ । संगनठन एमाले निकट शिक्षकहरुको छाता संगठन हो ।

नगरमा कार्यरत शिक्षकहरु राहत, अस्थायी, बाल विकास, विद्यालय कर्मचारीको पेशाको सुनिश्चिता हुनुपर्ने, शिक्षक, कर्मचारी, बाल विकास, अस्थायी, राहत स्थायीहरुको वर्गीकरणको अन्त्य गदैं विभेदीकरण मुक्त पेशा बनाएर शैक्षिक गुणस्तर बृद्घि गर्नुपर्ने, सामुदायिक संस्थागत र अन्य विद्यालयहरुबीचको दुरी घटाएर शैक्षिक गुणस्तर सुधार गर्न जोड दिनुपर्ने, सीमान्तकृत मुस्लिम, पिछडा वर्ग, आदि शिक्षकहरुको उत्थान तथा रोजगारको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, सुकुम्बासी, दलित, सीमान्तकृत पिछडा वर्ग आदिका छोरीछोरीलाई स्नातक तहसम्मको शिक्षा निःशुल्क प्रदान गर्नुपर्ने, विशेष अवस्थाका बालबालिकाका लागि आवसिय विद्यालयको व्यवस्था गर्नुपर्ने, मदरसामा शिक्षक दरबन्दी कायम गर्नुपर्ने, नगरभित्रका सम्पूर्ण विद्यालयमा बाल क्लब गठन गरी बाल नगर सञ्जाल निर्माण गर्नुपर्ने, शैक्षिक गुणस्तर बृद्घि र खेलकुदलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने लगायतका नौ सुत्रीय शैक्षिक माग समितिले नगरका १५ वटै वडामा नेकपा एमालेको प्रतिबद्घता पत्रमा समावेश गर्न समेत माग पत्रमा मार्फत आग्रह गरेको छ ।

पार्टीले श्रमजीवि, सर्वहारा वर्गीय जनताको मुक्ति आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको र समग्र देश विकासका लागि यो वदलिदो परिवेशमा एमालेको भूमिका उच्च हुने निष्कर्श संगठनको छ । संगठनले क्रमस मेचीनगरका अन्य राजनीतिक दललाई माग पत्र बुझाउने तयारी अनुसार पहिलो चरणमा एमालेलाई बुझाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here