उम्मेद्वारी दर्ता असार २ गते

0
68

सरकारले दोस्रो चरणको निर्वाचन असार १४ गते गर्ने गरी आज बिहान निर्णय गरेसंगै निर्वाचन आयोगले समेत नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

नयाँ कार्यतालिका अनुसार असार २ गते उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रबक्ता सुर्यप्रसाद शर्माले झापा टाईम्सलाई जानकारी दिनु भयो । प्रबक्ता शर्माका अनुसार असार २ गते बिहान १० बजेदेखी अपरान्ह ५ बजेसम्म उम्मेद्वारी दर्ता गर्न मिल्ने छ ।

कार्यक्रम अनुसार उम्मेद्वारको बिरोध उजुरी दिने असार ३ गते बिहान १० बजेदेखी अपरान्ह १ बजे सम्म समय छ भने उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्नका लागि असार ५ गते बिहान १० बजेदेखी ११ बजेसम्मको समय निर्वाचन कार्यक्रमा निर्धारण गरिएको प्रबक्ता शर्र्माले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here