नेपाल च्याप्टरलाई २ लाख सहयोग

0
84

काँकरभिट्टा । गोर्खा मेमोरियल फण्ड यूकेको नेपाल च्याप्टरका सदस्यहरु औदाहको प्रमाण पत्र प्रदान गरिएको छ ।

झापा लगायत नेपालको बिभिन्न स्थानहरुमा समाजिक बिकासका पूर्वधारहरुमा योगदान गर्दै आएको यस संस्थाले काकरभिट्टा स्थित घारी रेष्टुरेण्टमा एक कार्यक्रमको बिच नेपाल च्याप्टरका सदस्य पदका औदाह प्रमाण पत्र प्रदान गरेको थियो । संस्थाको सस्थापक अध्यक्ष धन किरण गुरुङ्गको प्रमुख अतिथ्यितामा भएको कार्यक्रममा नेपाल र बेलायत बिच भएको २ सय बर्ष पूरानो सम्बन्धको आधारमा पूर्वधारको कामहरु गर्दै आएको हो ।

कार्यक्रममा नेपाल च्याप्टरका अध्यक्ष नगेन्द्र गुरुङ्गलाई २ लाखको सहयोग प्रमुख अतिथि धन किरणले प्रदान गर्नु भएको थियो । स्थानीय स्तरमा भएका सामाजिक पूर्वधारका बिकासका कामहरुमा योगदान गर्ने उद्धेश्यले नेपाल च्याप्टरलाई सहयोग गरेको प्रमुख अतिथि किरणले भेलामा बताउनु भयो ।

केहि दिनमा मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा अन्तराष्ट्रियस्तरको कम्प्यूटर ल्याबको कक्षा संचालन गर्ने भएको छ । संस्थाले माविलाई ३१ वटा कम्प्यूटर लगायत आवश्यकीय उपकरणहरु प्रदान गर्दै बिद्यालयलाई प्रविधी मैत्री बनाउन बेलायतबाटै प्रविधीकहरु ल्याएर बिद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई तालिम प्रदान गर्ने भएको छ ।

संस्थाले अन्तराष्ट्रियस्तरको १० हजार कम्प्यूटर नेपालका विभिन्न विद्यालयमा वितरण गरि कम्प्यूटर ल्याबको निर्माण कार्य गर्ने लक्ष्य रहेको प्रमख अतिथि किरणले बताउन भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here