एनएमसीद्वारा राहत वितरण

0
80

बिर्तामोड | क्यान्सरका कारण मृत्यु भएकी रामप्यारी तामाङको परिवारलाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विगत सात महिनादेखि क्यान्सरले पिडीत एनएमसी बिर्तामोड कार्यालयका सदस्य तामाङको जेठ ११ गते उनको मृत्यु भएको थियो ।

संस्थाको राहत नीति बमोजिम सदस्यको मृत्यु भएपछि निजका परिवारलाई शुक्रबार नवौँ दिनको पुण्य तिथिमा उक्त रकम उपलब्ध गराइएको थियो । एनएमसी बिर्तामोड कार्यालयगत समिति संयोजक हरिप्रसाद आचार्य, एकाइ नम्बर १० का संयोजक निलबहादुर अधिकारी, एनएमसी बिर्तामोडका कार्यालय प्रमुख कमलप्रसाद कट्टेललगायतले समवेदनासहित राहत वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here