होलीबेलको बार्षिकोत्सव

0
72

धुलाबारी | होलीबेल अंग्रेजी मावि धुलाबारीको १७ औ बार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ । पासाङ्ग ल्हामू स्मृति जेसीज भवनमा सम्पन्न कार्यक्रमको उद्घाटन जिल्ला शिक्षा कार्यलय झापाका सहायक शिक्षा जिल्ला अधिकारी उद्धव बिष्टले गरेका थिए ।

कार्यक्रममा साँस्कृतिक कार्यक्रम, चेतनामुलक नाटक , फेसन सो विभिन्न जातजातिको पहिचान झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो । विद्यालयका संस्थापक प्रिन्सीपल अणु प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रम बिष्ट , मेचीनगर लेडी जेसीजकी सस्थापक अध्यक्ष कविता शर्मा, प्याप्सन जिल्ला सचिव गौरीमान फागोलगायतले बोलेका थिए । विद्यार्थीद्वय सञ्जिला श्रेष्ठ,अर्सन राउतले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक कमल नेपालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here