सीमाक्षेत्रमा हुने आपराधिक गतिविधी रोक्न दुवै देश सहमत

0
144

नक्सलबारी ( भारत) | नेपाल र भारतबीचको अन्तरदेशीय पर्यटन प्रर्वद्धन संगै सीमा क्षेत्रमा हुने समस्या र समाधान बारे आइतबार भारतको पश्चिम बंगालस्थित निर्पानीय वस्तीमा अन्र्तक्रिया गरिएको छ ।

भारतस्थित नेपाली महावाणिज्य दूतावासद्वारा आयोजित दोश्रो भारत–नेपाल मैत्री संयुक्त बैठकमा नेपाल र भारतबीचको सम्बन्ध र द्विदेशीय पर्यटन प्रर्वद्धनका विषयमा छलफल भएको हो ।

बैठकमा भारतका तर्फबाट सशस्त्र सीमा बलका आईजी श्रीकुमार बन्धोपाध्याय लगायत सुरक्षा निकायका प्रमुख प्रतिनिधि एवम् नेपालकातर्फबाट भारतका लागि नेपाली महावाणिज्यदुत एकनारायण अर्याललगायत सरकारी निकायका प्रतिनिधि तथा पर्यटन ब्यवसायीको सहभागिता थियो ।

बैठकमा नेपाल र भारतको खुल्ला सीमानाका कारण उत्पन्न समस्या र तीनका समाधान बारे विचार विमर्श भएको थियो । छलफलका क्रममा महावाणिज्यदुत अर्यालले यस किसिमका बैठकले नेपाल र भारतको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास ब्यक्त गरे ।

सीमा क्षेत्रमा देखिएका आपराधिक घटना निस्तेज पार्न दुवै देश संवेदनशिल बन्नु पर्ने धारणा राख्दै उनले नेपाल र भारतीय पक्ष दुवै सजग बन्न आवश्यक रहेको जोड दिए ।

‘दुवै मुलुकका सुरक्षाकर्मीहरुले सीमा नाकामा सुरक्षा प्रबन्ध चुस्तदुरुस्त पारेकै अवस्था छ,’ अर्यालले भने– ‘तर, त्यसमा थप सुधारको खाँचो छ, सीमामा हुने आपराधिक क्रियाकलाप दुवै पक्षका लागि हानिकारक छ , तसर्थ सबैले सर्तकर्ता अपनाउन आवश्यक छ । ’

आईजी श्रीकुमार बन्धोपाध्यायले नेपाल र भारतबीचको सीमा सुरक्षा चुनौतीलाई भारतीय सुरक्षा निकायले गम्भीरतापूर्वक लिएको बताए । उनले भने, ‘सुरक्षा ब्यवस्था कडा पार्दा पार्दै पनि केही समस्या त भएकै छन्, ती समस्या उपयुक्त विधि अनुरुप सुल्झाउन नेपाली सुरक्षाकर्मी संग हातेमालो गछौ । ’

जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले नेपाली भूिमका वन जंगललाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गरिनुपर्नेमा जोड दिदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न दुवै पक्षले साझा धारणा तय गर्न आवश्यक रहेको बताए ।

त्यस्तै बाणिज्य संघ राज्यकी अध्यक्ष लक्ष्मी लिम्बुले नेपाल र भारतको ब्यापार विस्तारका लागि दुवै देशका सरकारलाई गुरुयोजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिइन् ।

कार्यक्रमको सन्दर्भ पारेर पर्यटन प्रर्वद्धन तथा सामाजिक गतिविधिमार्फत उल्लेख्य योगदान पुर्याएको भन्दै नेपाल र भारतका विभिन्न १० वटा सामाजिक संघ संस्थालाई सम्मान गरिएको थियो । नेपालतर्फ परिर्वतन थिएटर नामक नाट्य समूह झापा, बाहुण्डाँगी होमस्टे झापा, सलकपुर होमस्टे इलाम, देही आर्ट झापा र झापाका अग्रज समाजसेवी नीलकण्ठ तिवारीसहित दशवटा सामाजिक संघ संस्थालाई सम्मान गरिएको हा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here