फोरमको कार्यालय उद्घाटन

0
118

मेचीनगर | संघीय समाजवादी फोरम नेपालको मेचीनगर वडा नम्बर—६ कोक कार्यालय सोमवार उद्घाटन भएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सञ्चालनमा ल्याइएको कार्यालयको पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इञ्चार्ज धनप्रसाद गुरुङले गरेका थिए ।

वडा नम्बर —६ का वडा अध्यक्ष धनबहादुर राईको सभापतित्वमा भएको उद्घाटन समारोहमा सुन्दरी श्रेष्ठ, शुकमाया लिम्बु, केवलराम राई, दिलीप आङ्गदेम्बे, उमेश थापा, बालकुमार भुजेल, आङछेवाङ शेर्पा, तिलकचन्द सम्वाहाम्फेलगायतका नेताले बोलेका थिए ।

नगर अध्यक्ष ओमप्रकाश खापुङले सञ्चालन गरेको कार्यक्रममा स्वागत पार्टीकातर्फबाट स्थानीय तहको निर्वाचनमा मेचीनगर वडानम्बर ६ का वडाअध्यक्षका उम्मेद्वार दिनेश राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here