एमालेका वडा अध्यक्षका उम्मेद्वारहरु निश्चित

0
124

मेचीनगर | नेकपा एमालेले मेचीगनरका वडा अध्यक्ष उम्मेद्वारको टुङ्गो लगाएको छ । लामो समयदेखी वडा अध्यक्ष तथा सदस्यहरुका उम्मेद्वारको छनौट गर्न बसिरहेको पार्टीको बैठकले अन्तत मेचीनगरका १५ वडाका उम्मेद्वारको नामलाई अन्तिम रुप दिएको एमाले स्रोतले जानकारी दिएको छ ।

एमाले स्रोतले दिएको जानकारी अनुसार वडा नं. १ मा पासाङ्ग तामाङ्ग, वडा नं. २ मा युवराज कट्टेल, वडा नं. ३ मा हर्क बहादुर बस्नेत, वडा नं. ४ मा अर्जुन कार्कीलाई वडा अध्यक्षको उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको छ । त्यसैगरी वडा नं. ५ को वडा अध्यक्षमा अनन्तप्रसाद दाहाल, वडा नं. ६ खेमराज पोखरेल(राजु), वडा नं. ७ दिनेश राजबंशी, वडा नं. ८ मा बिकेन्द्र धिमाललाई वडा अध्यक्षको उम्मेद्वार तय गरेको एमाले स्रोतले बताएको छ । वडा नं. ९ मा अझै उम्मेद्वारको टुङ्गो लाग्न सकेको छैन । वडा नं. ९ को वडा अध्यक्षको उम्मेद्वारका लागि लक्ष्मी पाठक र कञ्चन तामाङ्ग आकाक्षी रहेको भए पनि एउटा नाममा सहमति हुन नसके पछि उम्मेद्वारको टुङ्गो लाग्न नसकेको एक एमाले नेताले बताउनु भयो ।

त्यस्तै वडा नं.१० मा बिश्वेश्वर प्रसाद भट्टराई, वडा नं. ११ सन्तोष मेचे, वडा नं. मधुसुधन निरौलालाई एमालेले चुनावी मैदानमा उतारेको छ । त्यसैगरी वडा नं. १३ मा कृष्ण सिग्देल, वडा नं. १४ मा शंकर पोखरेल र वडा नं. १५ मा भिम खवासलाई वडा अध्यक्ष पदको उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको छ ।

नेकपा एमालेका तर्फबाट मेचीनगरको प्रमुख र उपप्रमुखको उम्मेद्वारको नाम मंगलबार टुङ्गो लाग्ने एमालेका एक जिल्ला नेताले बताउनु भयो । प्रमुख र उपप्रमुखको चयनका लागि बसेको प्रदेश कमिटि बैठकले झापाका १३ स्थानीय तहमा उम्मेद्वारको टुङ्गो लगाए पनि बिर्तामोड र मेचीनगरका उम्मेद्वारका बारेमा निर्णय गर्न नसके पछि स्थायी कमिटिबाट निर्णय हुने भएको छ । एमालेमा मेचीनगरको प्रमुखका लागि प्रदेश कमिटि सदस्य बिष्णु प्रसाई र जिल्ला सचिवालय सदस्य गोपाल बुढाथोकी आकाक्षीं हुनु हुन्छ भने उपप्रमुखका लागि महिला नेतृहरु रेणुका डाँगी, मिना उप्रेती र सुभद्रा भट्टराई आकाक्षी रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here