कनकाईका विद्यार्थीले गरे अनाथ आश्रमलाई सहयोग

0
79

बिर्तामोड | बिर्तामोड स्थित कनकाई एजुकेशन फाउण्डेसनका विद्यार्थीहरुले अर्जुनधारा—६ कप्तानबारीमा रहेको अपांग बाल शिक्षा सरोकार केन्द्रलाई सहयोग गरेका छन् ।
शुक्रबार खाद्यान्न, शैक्षिक, लत्ता कपडा तथा अन्य सामाग्री सहयोग गरेका हुन । क्याम्पसमा एमविएस दोश्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक भ्रमणबाट वचत भएको रकममा थप रकम संकलन गरी २० हजार भन्दा बढीको सामाग्री केन्द्रलाई हस्तान्तरण गरेका थिए ।
अपांगता भएका तथा अनाथ बालबालिकाहरुलाई आश्रय दिदै आएको केन्द्रमा चामल, दाल, खाने तेल लगायतका खाद्य सामाग्री, पंखा, किचन र्याकसहित टी सर्ट, स्कुल ब्याग, कापी, कलम जस्ता शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । क्याम्पसका संस्थापक जयनारायण ढुंगानाले केन्द्रका कोषाध्यक्ष एवम् क्याम्पसका प्राध्यापक शेखर शर्मालाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । २०६९ साल देखि अनाथ र अपांगता भएका १४ जना बालबालिकालाई निःशुल्क शिक्षा र आवास सहित राखेको केन्द्रले आर्थिक समस्या झेल्दै आएको केन्द्रका शिक्षक ढुण्डीराज कोइरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here