मेचीनगरमा काङ्गे्रस पाटी प्रवेश गर्नेहरुको लहर चल्दै

0
104

मेचीनगर । नेपाली काङ्ग्रेस मेचीनगरको विभिन्न वडाहरुमा शुक्रवार भएको प्रचार प्रसार कार्यक्रमको क्रममा ७८ जनाले विभिन्न पार्टी परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काङ्गे्रसका नगर प्रमुख तथा उप प्रमुखका उम्मेद्वारहरुले नगरका बिभिन्न वडाहरुमा घरदैलो तथा कोण सभाको कार्यक्रम गर्ने क्रममा मेचीनगर –८ स्थित सूर्योदय टोल, मेचीनगर –६ स्थित भानु टोल र मेचीनगर –५ स्थित नकलबन्दा चिया बगानमा विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्गे्रसमा प्रवेश गरेका हुन ।
यसैगरी मेचीनगर ८ स्थित गुरुङ डाडाका पुराना काङ्गे्रस बृद्धबृद्धाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा लाखमती लिम्बु ,खड्गबहादुर राउत, लिला गुरुङ र सुमित्रा विश्वकर्मालाई पार्टीको क्यापटोपी पहिर्याएर सम्मान गरिएको थियो ।

पाटी प्रवेश गर्ने क्रममा सर्योदय टोलमा निर्मल पाण्डे, सदुलाल राजबंशी र सोतेलाल सिंह शर्मा सहित ३५ जना , भानु टोलमा रमेश सापकोटा, लालबहादुर श्रेष्ठ र गोविन्द बुढाथोकी रहेका छन भने नकलबन्दा चिया बगानमा नन्दलाल खतिवडा सहित ४० जनालाई टिका, टोपी तथा पार्टीको सदस्य पत्र प्रदान गरिएको थियो ।

यसैगरी मेचीनगर ६ स्थित भानुटोलमा पार्टीको सम्पर्क कार्यालय समेत उद्घाटन गरिएको थियो । नेपाली काङ्गे्रस पार्टीबाट नगर प्रमुख पदका उम्मेदवार बिमल आचार्य र उप प्रमुख पदका उम्मेदवार दुर्गा खतिवडाले मेचीनगर –७ स्थित सृजना टोल, मेचीनगर –६ स्थित भानु टोल र काकरभिट्टा मावि, मेचीनगर –५ स्थित नकलबन्दा चिया बगान, मेचीनगर –८ स्थित गुरुङ डाडा र मेचीनगर– ८ स्थित सुर्योदय टोलमा भएको घरदैलो तथा कोण सभालाई सम्बोधन गर्दै नगरको बिकास र सम्बृद्धिका लागि कुनै पनि कसर ब“ाकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here