मेचीनगरमा काँग्रेसको प्रचारप्रसार तिब्र

0
97

मेचीनगर । नेपाली काँग्रेस मेचीनगरको प्रमुख पदका उम्मेदवार बिमल आचार्य र उप प्रमुख पदकी उम्मेदवार दुर्गा खतिवडासहितको वडाका उम्मेदवारहरुले बुधवार विभिन्न वडाहरुमा बसोबास गर्ने मतदाताको घर, पसल तथा खेतबारीसम्म पुगेर मत माग्ने क्रमलाई तिब्र गतिमा लगेको छ ।

नेपाली काँग्रेस मेचीनगरले आज विभिन्न वडाहरुमा गरेको प्रचार प्रसार कार्यक्रम अन्तर्गत नगर प्रमुखका प्रत्यासी बिमल आचार्य तथा उप प्रमुखका प्रत्यासी दुर्गा खतिवडालगायत वडाका प्रत्यासी सहित निस्किएको घरदैलोमा मतदाताहरुको घर, पसल तथा खेतबारीमा पुगेर आफु लगायत आफ्नो पार्टी नेपाली काँग्रेसलाई अत्याधिक मत दिएर विजयी गराउन अनुरोध गरेका थिए ।

स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काङ्गे्रसले घरदैलोमा मेचीनगर– १ गाडागल्ली चोकबाट तिरिङ्ग चोकसम्म, मेचीनगर –३ स्थित बडाखालबाट भृकुटी बजारसम्म, मेचीनगर –८ स्थित सृजना चोकबाट सरस्वती टोलसम्म र मेचीनगर– ४ स्थित धिमाल बस्तीबाट निस्किएको घरदैलो लुईटेल चोक हुदै गोले गाउँमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै संसद उषा गुरुङ्ग , नगर प्रमुखका प्रत्यासी बिमल आचार्य र उप प्रमुखका प्रत्यासी दुर्गा खतिवडा र वडाका प्रत्यासी नबिन बरालले आफु लगायत आफ्नो पार्टीलाई मत दिएर विजयी गराएको अवस्थामा समग्र नगरको बिकास तथा सम्बृद्धिका लागि दिलो ज्यान दिएर नगरको मुहार फेर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । त्यसैगरी मेचीनगर– ८ स्थित सृजना चोकमा भएको कोण सभामा नेकपा एमालेको संगठीत सदस्य परित्याग गरी नेपाली क“ागे्रसमा नारायण बस्नेत सहित ३ जना प्रबेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here