युवा संघको मेचीनगरमा बृहत मोटर साइकल तथा पैदल र्याली

0
71

मेचीनगर | आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी युवा संघले बुधबार मेचीनगरमा बृहत मोटर साइकल तथा पैदल र्याली निकालेको छ ।

एमाले सम्बद्ध युवा संघले मेचीनगर ६ स्थित भट्टराई चोक सुरु गरेको पैदल र्यालीमा पार्टीतर्फबाट नगर प्रमुख, उपप्रमुखसहित ६ नम्बर वडाका उम्मेद्वारसहित सयौंको सहभागीता रहेको थियो ।

एमालेका पक्षमा नारा घन्काउँदै सुरु भएको र्याली वडाका विभिन्न भागको परिक्रमा गरी काँकरभिट्टा खानेपानी संस्था परिसरमा कोण सभामा परिणत भएको थियो ।

र्यालीपछि आयोजित कोण सभालाई प्रमुख अतिथि एमाले वैकल्पिक केन्द्रीय कमिटि सदस्य रविन कोइराला, मेयर पदका उम्मेद्वार विष्णु प्रसाईं, उप मेयर पदकी उम्मेद्वार मीना उप्रेती, युवा संघका केन्द्रीय सचिवालय सदस्य राजु कार्की लगायतले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका पुराना वयोवृद्ध कार्यकर्ता भीमप्रसाद दाहाल पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका एमाले नगर निर्वाचन परिचालन कमिटि संयोजक रामचन्द्र उप्रेतीले जानकारी दिए ।

युवा संघका क्षेत्रीय अध्यक्ष रविन्सन थापाको अध्यक्षतामा सम्पन्न सभाको औचित्यमाथि प्रकाश संघका झापा सह सचिव सुमन थापा र सञ्चालन नगर कमिटि अध्यक्ष सरोज मेहेराले गरेका थिए ।

यसैबीच, चुनावी प्रचार प्रसार अभियानका क्रममा एमाले मेचीनगर ८ ले आयोजना गरेको बृहत मोटरसाइकल र्यालीले वडाका विभिन्न स्थानको परिक्रमा गरी दुर्गा मन्दिर अगाडी कोण सभा भएको थियो ।

सभालाई एमालेबाट मेयर पदका उम्मेद्वार विष्णु प्रसाईं, उप मेयर पदकी उम्मेद्वार मीना उप्रेती, चुनाव प्रचार प्रसार वडा कमिटिका संयोजक लालबहादूर थामी, सह संयोजक कमला गिरी, पार्टीका वडा अध्यक्ष विष्णु भट्टराई लगायतले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here