निर्वाचनका लागि खटिएकी एक कर्मचारीको निधन

0
80

झापा । निर्वाचनका लागि खटिएकी एक कर्मचारीको कामकै शिलशिलामा निधन भएको छ । झापाको अर्जुनधारा नगरापलिकाको १, २ र ३ को संयुक्त वडा कार्यालय साविक खुदुनावारी गाविसको भवनमा मतदाता शिक्षाका लागि खटिएकी ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको अर्जुनधार नगरपालिकाका निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले बताए ।

भण्डारी आइतबार सोहि मतदान स्थलको मतदान केन्द्र ‘क’ मा मतदाता परिचय पत्र वितरण गर्ने क्रममा थिइन् । वितरणका क्रममा अचानक बेहोस भएर लडेपछि उनलाई तत्काल स्थानीय स्वस्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएका कारण विर्तामोडतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको खतिवडाले बताए । खुदुनावारी स्थायी घर भएकी मृतक भण्डारीका श्रीमान जयप्रकाश भण्डारी विर्तामोड नगरपालिकाको विद्युत प्राधिकरण केन्द्रका मतदान अधिकृत रहेको झापाका मुख्यः निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here