ताप्लेजुङमा एमालेले बहुमतले विजय हुने संकेत

0
110

ताप्लेजुङ | पूर्वी नेपालको पहाडी जिल्ला ताप्लेजुङमा एक नगरपालिका र ८ गाउँपालिकासमेत ९ वटा स्थानीय तह छन् । तीमध्ये बहुमत स्थानीय तहमा एमालेको अग्रता देखिएको छ ।

कुल ९ स्थानीय तहमध्ये फक्ताङलुङ र मिक्वाखोला दुईवटा गाउँपालिकाको मतगणनाको प्रारम्भिक तथ्य हामीलाई प्राप्त भएको छैन । बाँकी ९ स्थानीय तहमध्ये ८ वटामा एमालेको अग्रता छ भने एउटामा कांग्रेस र एमालेको बराबरी देखिएको छ ।

एमालेले यही अग्रतालाई यथावत राख्यो भने ताप्लेजुङमा उसले ‘क्लिनस्वीप’ गर्ने सम्भावना देखिएको छ ।

एमाले सचिव योगेश भट्टराईले हालै जिल्लामा खटिएर चुनावी प्रचार प्रसार गरेका थिए ।

विहीबार अपरान्ह साढे ५ बजेसम्म प्राप्त ताप्लेजुङको मतगणनाको रुझान यस्तो देखिएको छः

१. फुङलिङ नगरपालिका

एमाले – ९३/८३
कांग्रेस – ७६/५३
संघीय लिम्बुवान – ३९
राप्रपा- ०/५०
स्वतन्त्र – छविन्द्र गुरुङ – १
नयाँशक्ति- ०/४

२. मैवाखोला गाउँपालिका

एमाले- १४९/४३
कांग्रेस- १०१/६७
माओवादी- ७२/२२
राप्रपा- ५
लिम्बुवान मञ्च- ३

३. मेरिङदेन गाउँपालिका

एमाले १२३/ १२७
कांग्रेस-७६/०
माओवादी- ०/२५

४. सिदिङ्वा गाउँपालिका

एमाले ६९/४३
कांग्रेस २६/०
माओवादी-०/२२

५. आठराई त्रिवेणी गाउँपालिका

एमाले ४०/४२
कांग्रेस ४०/३८
माओवादी १९/०
राप्रपा- ०/२

६. याङ्वरक गाउँपालिका

एमाले ५०/४९
कांग्रेस ४४/०
माओवादी ०/३६

७. सिरिजंघा गाउँपालीका

एमाले- २०४/१६७
कांग्रेस- ५९/५८
माओवादी- २७/३९
राप्रपा- ०/५८

(जिल्लाका मिक्वाखोला गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाको रिपोर्ट प्राप्त हुन बाँकी छ ।)

वडामा एमालेको प्यानलै विजयी

उता मेरिङ्देन गाउँपालिकाको वार्ड नं. ६ नाल्बुको मतगणना सकिएको छ । त्यहाँ एमालेको प्यानल नै विजयी भएको छ नेकपा एमालेका उम्मेद्वार ठाकुरसिंह लिम्बू वडाध्यक्षमा विजयी भएका छन् । लिम्बुले ३९२ मत ल्याए भने पराजित कांग्रेसका जयनारायण लिम्बूले २३६ मत ल्याए ।

विजयी सदस्यहरुमा महिला सदस्य वीनाकुमारी शेर्पा ४०१, दलित महिला सदस्य देवीमाया नेपाली ४०७ र पुरुष सदस्यतर्फ पूरा लिम्बूको ४१० र पासाङ छिरिङ शेर्पाको ३९६ मत आएको सहायक निर्वाचन अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here