विराटनगर महानगरको मतगणनास्थलमा विद्युत सर्ट हुँदा कर्मचारीको भागाभाग

0
106

मोरङ | विराटनगर महानगरपालिकाको मतगणनास्थल आर्दश उच्चमाविमा मतगणनाको तयारी भैरहेका बेला विद्युत सर्ट भएपछि निर्वाचन आयोगका कर्मचारीको भागाभाग भएको छ ।

मतगणनाको तयारी भइरहेका वेला एक्कासि विद्युत सर्ट भएपछि कर्मचारी र दलका प्रतिनिधीहरु हलबाट बाहिर निस्केका थिए ।

विद्युत सर्ट हुदा ठुलो आवाज आउनुका साथै धुवाँको मुस्लो समेत आएको थियो । यद्यपी मतपेटीका भने सुरक्षीत रहेको बताइएको छ । बिहान १० बजेबाट मतगणना सुरु गर्ने भनिएपनि विराटनगरको मतगणना हुन सकेको थिएन ।

घटनापछि मतगणनामा थप ढिलाई हुने भएको छ । कर्मचारीले विद्युत प्राधिकरणलाई खवर गरेको र विद्युतको व्यवस्था भएपछिमात्रै मतगणना सुरु गर्ने प्रमुख निर्वाचन अधिकृत विनोद ढकालले बताए ।

१ लाख १३ हजार ७ सय ६१ मतदाता रहेको यस महानगरपालिकामा ८० हजार चारसय ७७ मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here