दमक- १ मा राप्रपा र एमालेको पुनः मतगणना गरिँदै

0
139

झापा | झापाको दमक नगरपालिका– १ मा राप्रपा र एमालेका उम्मेदवारले प्राप्त गरेको मत पुनः गणना गर्ने निर्णय भएको छ ।

दमकका निर्वाचन प्रमुख बेदप्रसाद फुयाँलका अनुसार राप्रपा र एमालेबाट वडाअध्यक्ष पदका उम्मेदवार बाहेक अन्यको भने पुनः मतगाणना नगरी पुरानै तथ्याङकलाई निरन्तरता दिइने छ । निर्वाचन आयोगका अधिकारीहरु, स्थानीय प्रशासन र राजनीतिक दलहरुको बैठकले दुई दलबाट वडा अध्यक्षका उम्मेदवारको मात्रै पुनः मतगाणना गर्ने निर्णय गरेको हो ।

आज विहान वडा नं. १ को वडा अध्यक्षमा राप्रपाका तारा अधिकारी विजयी भएको भनिए पनि निर्वाचन कार्यालयले राप्रपाका अधिकारी र एमालेका हरि न्यौपानेको मत बराबर भएको औपचारिक घोषणा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

त्यसपछि दमकमा एमाले बाहेकका अन्य दलले सामूहिक बिज्ञप्ति जारी गर्दै मतगणना निष्पक्ष नभएको आरोप लगाएका थिए । करिव दश घण्टापछि बसेको सर्वपक्षीय बैठकले राप्रपा र एमालेका वडाध्यक्षले प्राप्त गरेको मत पुन गणना गर्ने निर्णय गरेपछि पुन मतगणना गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here