आम्दा मेचीलाई जापानी नागरिकद्वारा नगद दश लाख सहयोग

0
102

मेचीनगर । मेचीनगर नगरपालिका–१० स्थित धुलाबारीमा रहेको आम्दा मेची अस्पताललाई आम्दा जापानका प्रमुख सिगेरु सुगानामीले नगद १० लाख रुपैया सहयोग गर्नु भएको छ ।

आम्दा मेची हस्पिटलमा बिहिबार सुगानामीले उक्त रकम मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई हस्तानान्तरण गर्नु भएको हो ।

प्रमुख अतिथी आम्दा जापानका प्रमुख सुगानामीले आम्दा नेपाललाई प्रभावकारी ढंगले सञ्चालन गर्न एसिया महादेशका राम्रा र नाम चलेका युनिभरसिटीका विद्यार्थीहरुलाई भ्रमण गराउन सकेको खण्डमा विश्व भरी चिनाउने सफल माध्यम बन्न सक्थयो ।निकट भविष्यमा एसियाकै सवैभन्दा उत्कृष्ठ युर्निभरसिटी सिंगापुर युर्निभरसिटीका विद्यार्थीहरु आम्दा मेचीको भ्रमणमा आउने बताउनु भयो ।

कार्यक्रममा सिंगापुर युर्निभरसिटीका डा. डन लाओ , मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य , उपप्रमुख मिना उप्रती , आम्दा नेपालका अध्यक्ष डा. वाई.पि सिंह , आम्दा दमकका डा. नवीन ढकाल लगायतले मन्तव्य राख्दै आम्दा मेचीको अवस्था सुधार गरेर मेचीनगर नगरपालिकाका आम मानिसहरुको स्वास्थ्य सेवामा पँहुच वृद्वि गर्नु पर्ने धारणा राखेका थिए ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले स्वागत गर्नु भएको थियो भने अस्पतालको अवस्था बारेमा डा रुपेश रोशनले जानकारी गराउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here