भानु जन्मजयन्तीमा ५ जना ब्याक्तित्वहरु सम्मान तथा पुरस्कृत

0
108

मेचीनगर | आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्तीको सन्र्दभमा भानु साहित्यिक प्रतिष्ठान,झापाले विहिवार काँकरभिट्टामा आयोजित समारोहमा बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान सहित पुरस्कृत गरेका छन् ।

काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा स्थापित आदिकवि आचार्यको पूर्णकदको प्रतिमामा माल्यार्पणपछि उक्त क्याम्पसको सभा कक्षमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बरिष्ठ साहित्यकार सरोज ओलीले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई भाषिक एकताको सूत्रमा बाँध्न आदिकवि आचार्यको योगदान उल्लेखनीय रहेको बताउनु भयो ।

समारोहमा प्रतिष्ठानले विभिन्न क्षेत्रका ५ जना विशिष्ट ब्यक्तित्वलाई सम्मानसहित पुरस्कृत गरेको छ । यसरी सम्मानित हुनेहरुमा प्रतिष्ठानका कोषाध्यक्ष समेत रहनुभएका मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, प्रतिष्ठानको कार्य समिति सदस्य समेत रहनुभएकी नगर उप–प्रमुख मिना पोख्रेल उप्रेती, प्रतिष्ठानका सदस्य एवँ मेचीनगर वडा नम्बर –६ का वडा अध्यक्ष ललित तामाङ रहनुभएको छ ।

त्यसैगरी झापाली साहित्यकारद्धय मात्रिकाप्रसाद सङ्ग्रौला र सुवास योङ्हाङ्लाई जनही ११/११ हजार रुपैयाँ नगद राशीको पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरिएको थियो ।

उक्त समारोहमा विशेष अतिथि एवँ भारतमा रहेर नेपाली भाषा साहित्यको क्षेत्रमा सक्रिय वरिष्ठ साहित्यकार कनकधारा स्वामी स्वदेशानन्द, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उप प्रमुख मिना पोख्रेल उप्रेती, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले आदिकवि भानुभक्त आचार्यको जिवनी बारे चर्चा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here