रोबिन्होलाई सामूहिक बलात्कारमा दोषी, तोक्यो ९ वर्ष जेल

0
104

इटालीको एक अदालतले ब्राजिलका फुटबल खेलाडी रोबिन्होलाई बलात्कारमा दोषी ठहर गर्दै ९ वर्ष जेल सजाय सुनाएको छ।

मिलानको एक अदालतले म्यान्चेस्टर सिटीका पूर्वफरवार्डसमेत रहेका रोबिन्होलाई सन् २०१३ मा एक अल्बानियन युवतीको सामूहिक बलात्कारमा दोषी ठहर गरेको हो। अदालतले उनीसँगै सो घटनामा अन्य पाँच ब्राजिलियनलाई पनि दोषी ठहर गरेको छ।

२२ वर्षीया ती महिलालाई डिस्को क्लबबाट निस्केपछि उनीहरुले बलात्कार गरेको अदालतको ठहर छ। अदालतले पीडितलाई ७१ हजार डलर क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ।

३३ वर्षीय रोबिन्होले २०१० देखि २०१५ सम्म मिलानका लागि खेलेका थिए। अहिले ब्राजिलको क्लबमा आवद्द उनले आफू घटनामा संलग्न नभएको दाबी गर्दै आएका छन्। उनी मुद्दाको सुनुवाइमा पनि अदालतमा उपस्थित थिएनन्।

उनको इन्स्टाग्राम पेजमा राखिएको विज्ञप्तिमा उनले घटनामा आफू संलग्न नभएको भन्दै अदालतको आदेशविरुद्ध सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here