“ज्याम हल”-पूर्वाञ्चलमै पहिलोपटक

0
197

काँकडभिट्टा । पूर्वाञ्चलमै पहिलोपटक एडी म्यूजिक एकाडेमीले ७ लाख रुपैयाँको लागतमा मेचीनगरमा ज्याम हल सञ्चालनमा ल्याएको छ । सङ्गीत क्षेत्रमा रुची भएका व्यक्तिहरुलाई ध्यानमा राखेर मेचीनगर–६ स्थित काँकडभिट्टामा आजदेखि सो हल सञ्चालनमा ल्याइएको हो ।

बुधवार एक कार्यक्रमको बिच मेचीनगर वडा नम्वर –६ का वडा अध्यक्ष ललितबहादुर तामाङ , रोटरी क्लव अफ काकरभिट्टाका पुर्व अध्यक्ष राधिका गुरुङ र साना हात नेपालका अध्यक्ष रमेश गुरुङले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।

हलमा सङ्गीतमा रुची भएका व्यक्ति तथा समूहले सङ्गीतको अभ्यास गर्न पाउनेछन् । यस वापत प्रतिघण्टा ४ सय रुपैयाँ शुल्क तिर्नु पर्ने हलका सञ्चालक अर्जुन दाहालले बताउनुभयो । सञ्चालक दाहालले पूर्वाञ्चलमा साङ्गीतिक क्षेत्रमा काम गर्ने धेरै भए पनि अहिलेसम्म हल नहुँदा समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार काँकडभिट्टामा सञ्चालनमा ल्याइएको यो हल पूर्वाञ्चलमै पहिलो हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here