पोषण तथा बाल रोग स्वास्थ्य शिविरबाट ४५५ बालबालिका लाभान्वित

0
156

काँकरभिट्टा । बाहृ वर्ष भन्दा मुनिका बालबालिकालाई लक्षित गरी झापाको मेचीनगरमा आइतबार पोषण तथा बाल रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

काँकरभिट्टा स्वास्थ्य केन्द्र र मेचीनगर नगरपालिकाको संयुक्त आयोजनामा केन्द सम्पन्न शिविरमा ४ सय ५५ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये ३ सय १६ जना बालबालिकाको पोषण परीक्षण गर्दा ६७ जना बालबालिकाहरुमा कुपोषण, ५ जनामा कडा कुपोषण फेला परेको मेची अंचल अस्पतालका पोषण बिभागले जनाएको छ ।

शिविरमा करिव डेढ लाख बढी रुपैयाँको औषधि वितरण गरिएको थियो भने करिव एक लाख भन्दा बढीको औषधि काँकरभिट्टा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो। राटेरी क्लब अफ काँकरभिट्टा र रोट्रायाक्ट क्लब अफ काँकरभिट्टाको व्यवस्थापनमा सम्पन्न शिविरमा बालरोग विशेष डाक्टर सविन मानन्धर, टंकप्रसाद बाराकोटी, मेडिकल अफिसर डाक्टर एलिजा गौतम, डाक्टर रुपेश रोशन, मेची अंचल अस्पतालका पोषण बिभागका प्रतिनिधिहरुले स्वास्थ्य र पोषण परीक्षण गरेका रोटरी क्लब अफ काकरभिट्टाका सचिव सुजन प्रधानले जानकारी दिए ।

मेचीनगर नगरपालिका वडा नं ६ का अध्यक्ष ललित बहादुर तामांगको सभापतित्वमा भएको औपचारिक उद्घाटन कार्यक्रममा रोटरी क्लब अफ काँकरभिट्टाका निवर्तमान अध्यक्ष राधिका गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो भने डाक्टर सविन मानन्धरले कार्यक्रमको ब्यानर वाचन गरि स्वास्थ्य सिविरको उद्घाटन गरेका थिए । सिविरमा एकवा मकालु मिनिरल वाटरले निशुल्क पानी वितरण गरेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here