अब खुल्नेछ संजय दत्तको जिन्दगीका थप राज, अर्का चर्चित निर्देशकले पनि सञ्जुको बायोपिक बनाउने

0
128

संजय दत्तको बायोपिक ‘सञ्जु’ बक्स अफिसमा सुपरहिट रह्यो । क्रिटिक्सले पनि यो फिल्मको निकै तारिफ गरेका छन् । तर संजय दत्तलाई चोख्याउन ‘सञ्जु’ बनाइएको भन्ने मानिसहरुको भीड पनि छ । तर अब दर्शक र क्रिटिक्सको यो असन्तुष्टि चाँडै नै मेटिने भएको छ ।

हो, यदि खबरलाई विश्वास गर्ने हो भने अब फिल्म निर्देशक राम गोपाल वर्माले पनि संजय दत्तको जीवनलाई आधार बनाएर एउटा फिल्म बनाउने भएका छन् । मुम्बई मिररसँग राम गोपाल वर्माले यसबारे पुष्टि गरेका छन् । उनले भने, ‘हो म यो फिल्म बनाइरहेको छु ।’

यद्यपी, फिल्ममा कुन–कुन स्टारलाई कास्ट गरिनेछ र संजय दत्तको जीवनसँग जोडिएका कस्ता पक्षलाई फिल्ममा उतारिने भन्ने बारे कुनै जानकारी दिइएको छैन । तर यदि मिडिया रिपोर्टलाई मान्ने हो भने यो फिल्म सन् १९९३ को बम बिस्फोट र एके–५६ मा आधारित हुनेछ ।

‘सञ्जु’ ले बनायो रेकर्डः

राजकुमार हिरानीको फिल्म ‘सञ्जु’ ले बक्स अफिस थुप्रै रेकर्ड बनाएको छ । रणबीर कपुर स्टारर यो फिल्मले तीन सय करोडको आँकडा पार गरेको छ । पहिलोृ पटक रणबीर कपुरको फिल्म तीन सय करोड क्लबमा प्रवेश भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here