माइती नेपालले काँकरभिट्टा नाकाबाट १ सय बढीलाई भारत जानबाट रोक्यो

0
75

मेचीनगर | मानव वेचविखन नियन्त्रणको प्रयास प्रभावकारी बन्न सकेको छैन् । पछिल्लो समय पूर्वी नेपालको भारतीय सीमा नाका यसमा संलग्नहरुका लागि ट्रन्जिट बनिरहेको छ ।

यसमा संलग्न दलालहरुले वैदेशिक रोजगार तथा आफ्न्तहरुसँगको भेटघाटलगायतको बहानामा पश्चिम नेपालदेखि अन्य जिल्लाकालाई झुक्याएर विदेश लैजाने गरेका छन् । पछिल्लो समय पूर्वी काँकरभिट्टा नाकाबाट मानव वेचविखन मौलाइरहेको छ । माइती नेपाल क्षेत्रीय कार्यालयले मात्र वितेको आर्थिक वर्ष २०७४/२०७५ मा काँकरभिट्टा नाकामा १ सय ६४ जनालाई रोकेर आफ्न्तको जिम्मा लगाएको छ ।

क्षेत्रीय संयोजक गोविन्द घिमिरेका अनुसार उनीहरु सवै विभिन्न वहानामा भारत हिडेका थिए । यसैगरि माइती नेपालले भारतका विभिन्न ठाउँबाट १० जनाको उद्धार गरेको जनाएको छ । अनि यो अवधिमा कुल ८६ जना हराएको निवेदन परेपनि ३० जना फेला परेको बताईएको छ । यस्तो धन्दामा संलग्नहरुले सोझा साझालाई अवैधढंगले भारत लगायतका अन्य देश पुर्याउने गरेका छन् । तर, पीडितहरुले पीडकको दवावमा परेर पछि हट्दा न्याय पाउन नसकेको माइती नेपालले जनाएको छ ।

माइती नेपाल स्रोतका अनुसार सवैभन्दा बढी पशुपतिनगर नाकाबाट १ सय ९५ जनालाई भारत जानबाट रोकेको छ । आर्थिक वर्ष २०७४/२०७५ मा पशुपतिनगर कार्यालयले एकवर्षमा १८ जनाको उद्धार गरेको छ । मानव हराएका ६३ वटा निवेदन परेपनि अझै ४१ जनााके पत्तो लाग्न सकेको छैन् । सो अवधिमा २२ जनालाई फेला पारेर आफ्न्तको जिम्मा लगाईएको छ । सवै भन्दा कम भारत जानबाट जोगवनी नाकामा १ सय २० जनालाई रोकिएको छ भने ४ जनाको उद्धार तथा हराएका ३५ जनाको निवेदन परेर पनि १५ जना फेला परेको माइती नेपालले जनाएको छ । बाकी २० जनाको खोजीकार्य तीव्र छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here