स्थानीय सरकार सञ्चालन सम्बन्धी तीन दिवशिय तालिम झापाको मेचीनगरमा शुरु

0
55

मेचीनगर | स्थानीय सरकार सञ्चालन सम्बन्धी तीन दिवशिय तालिम झापाको मेचीनगरमा शुरु भएको छ । तालिममा नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।

मेची उद्योग बाणिज्य संघको सभाहलमा शनिवारसम्म चल्ने तालिमको मेचीनगर नगरपलिकाका प्रमुख विमल आचार्यले सभापतिको आसनबाट उद्घाटन गरेका थिए ।

तालिम सघीय मामिला तथा सामान्य मन्त्रालय एलजीसीडीपी कार्यक्रमको सहयोगमा जिल्ला समन्वय समिति भद्रपुर झापाले आयोजना गरेको हो । तालिमको पहिलो दिन नेपालमा संघीय प्रणाली केहो ? प्रणाली कसरी अघि बढि रहेको छ ? स्थानीय तहको काम, कर्तव्य र अधिकार तथा योजना सम्बन्धि प्रावधान, प्रक्रियाका बारेमा छलफल भएको थियो ।

सघीय मामिला तथा सामान्य मन्त्रालय एलजीसीडीपी कार्यक्रमका प्रमुख प्रशिक्षक गोविन्द अधिकारीले राज्यशक्तिको प्रयोग दुई वा दुईभन्दा बढी तहबाट स्वशासन र साझा शासनको स्वरुप सञ्चालन हुने राजनैतिक व्यवस्था नै संंघीय प्रणाली भएको तालिममा सहभागीहरुलाई जानकारी दिए ।

उनले तालिममा सहभागीहरुलाई स्थानीय, प्रदेश तथा संघीय सरकार मिलेर अघि बढे मात्र नेपालीको संघीय प्रणाली मजवुत हुने सहभागीहरुलाई बताए । यदि तीन तह सहकार्यका साथ अघि नबढे संघीयता कमजोर हुने र संघीयतालाई सफल बनाउन स्थानीय, प्रदेश तथा संघीय सरकारको उत्तिकै भूमिका हुने अधिकारीको भनाई छ । तालिममा नगरपालिकाका प्रमुख , उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य नगर सदस्यहरुको सहभागिता हरेको छ ।

तालिममा योजना, कार्यान्वयन, सूचनाका हकहरु, पूर्वाधारका मापदण्ड, नेतृत्व कसरी गर्ने अनि सामाजिक परिचालन कसरी गर्नेलगायतका विषयमा प्रमुख प्रशिक्षक अधिकारीले प्रशिक्षण दिनुुहने छ । उद्घाटनका अवसरमा जिल्ला समन्वय समिति झापाका उपाध्यक्ष मिना पराजुली मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरल उप्रेतीलगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here