पाकिस्तानमा पूर्वक्रिकेटर इमरान खानको पार्टीले लियो अग्रता

0
113

पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको प्रारम्भिक मतपरिणाममा पूर्वक्रिकेटर इमरान खानको पार्टीले अग्रता लिएको छ।

४७ प्रतिशत मत गणना हुँदा  खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ(पिटिआई)ले संघीय संसदका २७० सिटमध्ये ११३ मा अग्रता लिएको हो।

प्रधानमन्त्री शाहिद खक्वान अब्बासीको पाकिस्तान मुस्लिम लिगले ६४ स्थानमा अग्रता लिएको छ।

पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बालिवाल भुट्टो जर्दारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी ४३ ठाउँमा अग्रता लिएको छ। अन्य दुई साना दल १४ स्थानमा अगाडि छन्।

पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान इमरान खान सन् १९९५ पछि राजनीतिमा आएका हुन्। ६५ वर्षिय खान यसपालि पार्टीको तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वार पनि हुन्।

यसअघि सन् २०१३ को आम निर्वाचनमा उनको पार्टीले ३२ सिटमात्र जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here