युएईमा हुने एसिया कप क्रिकेटका लागि आगामी भदौ ११ गतेदेखि मलेसियामा एसिया कप क्वालिफायर क्रिकेट प्रतियोगिता हुने भएको छ।
एसियन क्रिकेट काउन्सिल एसीसीका अनुसार एसिया कप भदौ ११ देखि २२ सम्म क्वालालाम्पुरमा हुने भएको हो।
एसिया कप-२०१८ को छनोटका रूपमा हेरिएको यो प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एसियाका उत्कृष्ट ६ राष्ट्रको सहभागिता हुनेछ।
जसमा नेपाल, युएई, हङकङ, सिंगापुर, ओमान र घरेलु टोली मलेसिया भिड्नेछन्।
📢 SAVE THE DATES!
The ACC Asia Cup Qualifiers is all set to take place in Malaysia between 27th August and 7th September, 2018!
✅ UAE
✅Nepal
✅Hong Kong
✅Oman
✅Singapore
✅MalaysiaStay tuned for more updates shortly! #ACC #AsiaCup2018 #AsiaCupqualifiers
— AsianCricketCouncil (@ACCMedia1) July 26, 2018
राउण्ड रोविन लिगपछि प्रतियोगिताको विजेताले एसिया कप भदौ ३० देखि असोज १२ सम्म युएईको दुबई र अबुधाबीमा हुने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप २०१८ खेल्न पाउनेछ।
छनोटको विजेताले एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नुपर्नेछ।