पत्रकारिताको क्षेत्रबाट स्थानीय सरकारलाई पुर्याएको सहयोगको भन्दै पत्रकार लक्ष्मी पुरस्कृत

0
174

मेचीनगर | पत्रकारिताको क्षेत्रबाट स्थानीय सरकारलाई पुर्याएको सहयोगको उच्च मुल्याङ्क गर्दै मेचीनगर नगरपालिकाले शुक्रबार जन संसद् दैनिककका समाचार संयोजक तथा सूर्याेदय टेलिभिजनका कार्यक्रम प्रस्तोता लक्ष्मी उप्रेतीलाई नगदसहित पुरस्कृत तथा सम्मान गरेको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा आयोजित नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को वजेट नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा पत्रकार उप्रेतीलाई नगख ५ हजार १ सय रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली नगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेतीले संयुक्तरुपमा नगद सम्मान पत्र तथा खादा पहिर्याएर पत्रकार उप्रेतीलाई पुरस्कृत तथा सम्मान गरेका थिए । उप्रेतीले पत्रकारिताका माध्यमबाट नगरमा भएका हरेक गतिविधीलाईजनमानसमा पुर्याएको र नगर विकासका लागि कलमका माध्यमबाट खेलेको भूमिकाको उच्च उच्च मुल्याङ्कन गर्दै नगरपालिकाले पुरस्कृत तथा सम्मानित गरेको नगरप्रमुख आचार्यले जानकारी दिए ।

पुस्कृत उप्रेती डेढदशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । कार्यक्रममा २०७४ सालको एसइइ परीक्षमा नगरभरिबाट सामुदायिक विद्यालयबाट सर्वाेत्कृष्ट अंक ल्याउने सरस्वती बाल कल्याण माविकी श्रद्धा बस्नेत र बलभद्र माविका अंकित उप्रेतीलाई पनि जनही नगद ५ हजार १ सय र सम्मान पत्र प्रदान गरियो । साथै एकसय बढीलाई छात्रावृत्ति प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here