मेचीनगरको १ अर्व भन्दा बढीको बजेट सार्वजनिक

0
209

मेचीनगर | असार १० गतेबाट शुरु मेचीनगर नगरपालिकाको दोस्रो नगरसभा आर्थिक वर्ष २०७५/०७६ को वजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शुक्रबारदेखि विधिवत सम्पन्न भएको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली नगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेतीले संयुक्तरुपमा वजेट नीति तथा कार्यक्रमको पुस्तिका सार्वजनिक गरेका थिए । कार्यक्रममा नगरपालिकाले नीति तथा कार्यक्रम पारित गरेसँगै चालु आर्थिक वर्षका लागि १ अर्व १४ करोड ९३ लाख ६९ हजार ४ सय १५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मेचीनगर नेपालको पूर्वी प्रवेशद्वार ः कृषि र पर्यटन समृद्धिको मुल आधार’ भन्ने नाराका साथ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगर प्रमुख विमल आचार्यले जानकारी दिए । उनले सवै वडामा समानढ्रगले वजेट विनियोजन गरेको बताए ।

नगरको कृषि, पर्यटन औद्योगिक विस्तार, पूर्वाधार विकास, स्थानीय सुशासन, डिपीआर तयारीलगायतका योजनाहरुलाई कार्यक्रममा समेटिएको छ । नीति तथा कार्यक्रममा स्थानीय सरकार सञ्चालनको अभ्यास, कृषि, पर्यटन, भौतिक पूर्वाधार, योजना छनौट तथा स्वीकृति, वडा योजना तथा कार्यक्रम, नगरका गौरवका योजना तथा कार्यक्रम, समावेश गरिने, लागत सहभागिता सम्बन्धि नीति, विषयगत क्षेत्र सम्बन्धि नीति लगायतका विषय समेटिएका छन् ।

नगरले गौरवका योजना अन्तरर्गत केही महत्वपूर्ण काम गर्ने गरी नीति तथा कार्यक्रम पारित गरेको छ । र गौरवका योजना अन्तरर्गत जनता आवास कार्यक्रम शुरु गर्ने तयारी भएको छ । जसमा सुकुम्बासीहरुलाई नगरपालिकाको तर्फबाट घर निर्माण गरिनेछ । त्यस्तै, मेचीनगर–७ मा सेनेटरी ल्यान्डफिल्ड साइड निर्माण गरिने भएको छ । नगरलाई स्वच्छ, सफा राख्न यो ल्यान्डफिल्ड साइडको निर्माणले सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ । नगरको गौरवका योजना अन्तरगत नै मेचीनगर–१० मा साइन्स सिटी निर्माण गरिने, रिङरोड विस्तार गरिने, मेचीनगर—४ र ५ वडामा पशु अनुसन्धान केन्द्र स्थापना, वाटरवल्र्ड, सांस्कृतिक संग्रहालय, कृषिमण्डीको सम्भाव्यता अध्ययन गरिने पनि जनाइएको छ ।

वजेटका बारेमा प्रमुख अतिथि प्रदेश सभा सदस्य मैनाली, नेकपाका प्रदेश नम्बर १ का सदस्य विष्णुप्रसाद मैनाली नेपाली काँग्रेसका झापा जिल्ला सचिव प्रेम सम्वाहाम्फे बोल्दै बजेटको कार्यान्वयनको पाटो हेर्नुपर्ने बताए । उनीहरुले वजेट पारदर्शीरुपमा कार्यान्वयन हुने कुरामा आफुहर आशावादी रहेको भन्र्दै कार्यान्वयमा सवै नगरवासी लाग्नुपर्नेमा जोड दिए । यदि यो वजेट व्यवस्थितरुपमा कार्यान्वयन भयो भने मात्र नगरपालिका सफल हुने उनीहरुको भनाई थियो । प्रस्तुत बवेट समयमै कार्यान्वयन गर्न सुझाव दिर्दै समृद्ध नगरपालिका बनाउन आग्रह समेत गरे । कार्यपालिका सदस्य टिकाराम मंग्रान्तीले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपप्रमुख मिना पोखरेल उप्रेतीले स्वागत गरेकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here