सन्राइजको बैंकले वितरण गर्याे स्वास्थ्य वीमा रकम

0
149

मेचीनगर | सनराइज बैंक लिमिटेड शाखा काँकरभिटाले विहीबार स्वास्थय योजना अन्तर्गतको दोश्रो पटक वीमा रकम हस्तानतरण गरेको छ । बैंकमा आयोजित कार्यक्रममा त्यस बैंकका बचतकर्ता मेचीनगर नगरपालिका ७ का श्री असोक कुमार कर्णलाई स्वास्थ्य योजना अन्र्तगतको वीमा रकम हस्तान्तरण गरेको हो । मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललित बहादुर तामाङ तथा बैंकका शाखा प्रवन्धक कुमार खड्काले संयुक्त रुपमा कर्णलाई १९ हजार २ सय ६३ रुपैयाँ वीमा वापतको रकम हस्तान्तरण गरेका थिए । सनराइज बैंकको स्वास्थ्य योजना हरेक बचत खाताहरुलाई डबल सुरक्षा भन्ने मुख्य नारासहित बैंकले शिखर इन्स्यूरेन्स कम्पनिसँग सहकार्य गरेर यो अभियान शुरु गरेको हो ।

कार्यक्रममा वडा अध्यक्ष तामाड.ले बैंकको स्वास्थ्य बीमा योजना जनमुखी भएकोले व्यापक प्रचार प्रसार गर्न बैंकलाई सुझाव दिएका थिए । शाखा प्रवन्धक खड्काले स्वास्थ्य वीमा बचतकर्ताले खाता खोलेको दिनदेखि बढीमा १ लाख वा, औसत २५ प्रतिशत वा उपचार वापतको बील अनुसार रकम जुन कम हुन्छ त्यहि रकम प्राप्त गर्न सक्ने जानकारी दिए । यो सुविधा लिनका लागि १५ दिनभित्र उपचार वापतका सवै बील रकम बैंकका कुनै पनि शाखामा पेश गर्नुपर्ने हुन्छ । बैंकले स्वास्थ्य विमाको अतिरिक्त हरेक बचत कर्ताको रु.५ लाख सम्मको र्दुघटनाको विमाको सुविधा रहेको शाखा प्रबन्धक खडकाले बताएका थिए ।

१ सय ५० वटा विभिन्न उपचारका लागि हुने शल्यक्रियाका लागि अस्पताल भर्ना नभए पनि यो सुविधा पाउने व्यवस्था रहेको खड्काले जानकारी दिए । तर, यो सुविधा लिनका लागि नेपालका सरकारी अस्पताल तथा बैंकसँग अनुबन्धित नीजि अस्पतालहरुबाट उपचार गराउनुपर्छ । शाखा प्रमुख खड्काका अनुसार बैंकले ८० वटा भन्दा बढि निजी अस्पतालसँग सम्झौता गरेको छ । कर्णले झापा विर्तामोडको वीएण्डसी अस्पतालमा उपचार गराएका थिए । कार्यक्रममा बोल्दै कर्णले इन्स्यूरेन्स कम्पनिसँग रकम लिनका लागि सास्ती व्यहोर्नु पर्ने भएपनि बैंक मार्फत भने सहज र सरल रुपमा वीमा रकम पाएको भन्दै बैंकप्रति धन्यावाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here