कक्षा १२ को नतिजा प्रकाशित

0
172

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हाे ।

गत बैशाखमा संचालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो।
नतिजा results.ekantipur.com लग इन गरेर नतिजा हेर्न सकिने छ। यस बाहेक एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ। यसका लागि results (Space) Symbol number टाइप गरी ३५००१ मा पठाउन सकिनेछ।
ईकान्तिपुरले मर्सी एजुकेशनसँगको सहकार्यमा कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here