गौरादह। झापामा खोला तर्ने क्रममा डुबेर एक जनाकाे मृत्यु भएकाे छ । झापा गौरीगंज गाउँपालिका ६ खजुरगाछी बस्ने ६५ बर्षीय गंगा सुन्दासको खोला तर्ने क्रममा डुबी मृत्यु भएको हाे ।
मंलबार बिहान ८ बजे सोही स्थानमा रहेको गेउरीया खोला तर्ने क्रममा लडेर मृत्यु ईलाका प्रहरी कार्यालय गौरीगञ्जले बताएकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।