Monday, May 16, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
स्थानीय निर्वाचन २०७९
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह दुर्घटना / विपद्

यो वर्ष पनि सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
May 7, 2022
भित्र दुर्घटना / विपद्, मुख्य समाचार, राष्ट्रिय, सूचना / प्रविधि
0
0 0
144
सेयर
1.3k
हेरिएको
Share on FacebookShare on Twitter
२०७९ सालको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने भूभागहरु नीलो रंगमा । तस्वीर : जल तथा मौसम विज्ञान विभाग

२४ वैशाख, काठमाडौँ : यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ ।

विभागको मनसुन आँकलन प्रतिवेदन अनुसार प्रदेश १ को उत्तरी भूभाग, मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशका दक्षिणी भूभागहरुमा भने सरदर वर्षा हुने प्रक्षेपण छ । यी क्षेत्रमा सरदर वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म छ । तर बाँकी भूभागहरुमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ ।

आगामी जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा प्रदेश नं. १ का तराईका भूभाग, वागमती प्रदेशका उत्तरपूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तरपश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले जानकारी दिइन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्यपश्चिमी भूभाग र प्रदेश नं १ को मध्य भूभागहरुमा पनि सरदर भन्दा बढी वर्षा हुने सम्भावना छ । यी भूभागहरुमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ ।

यस्तै गण्डकी प्रदेशका उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरुमा पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको प्रतिवेदनमा उल्लेख छ । तर प्रदेश नं. १ का उत्तरी भूभाग, वागमती प्रदेशका दक्षिणी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागहरुमा सरदर वर्षा हुने आँकलन मौसमविदले गरेका छन् ।

अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिनालाई मनसुनको अवधि भनिन्छ । मनसुनको यो चार महिनाको अवधिमा सामान्यतया १ हजार ५ सय मिलिलिटर पानी पर्ने मौसमविदहरु बताउँछन् । यद्यपि औसतभन्दा १० प्रतिशत बढी वा घटी भएमा पनि त्यसलाई सरदर नै मानिने वरिष्ठ मौसमविद बरुण पौडेल बताउँछन् ।

यो वर्ष पनि धेरै वर्षा हुने प्रक्षेपण गरिएकाले धनजनको क्षति रोक्न पूर्वसावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।

नेपालमा मनसुन शुरू हुने संशोधित औसत मिति जुन १३ हो । तर यस वर्ष भने जुन १ (जेठ १८ गते)देखि नै मनसुन सुरु हुने पूर्वानुमान गरिएको छ ।

३० वर्षको अवधिमा भएको सरदर वर्षाको आँकडा तुलना गरेर औसत निकालिन्छ । सन् १९९० देखि सन् २०२० सम्मको वर्षाको आँकडालाई हेरेर नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ र बाहिरिने औसत मिति अक्टुबर २ निर्धारण गरेर गत वर्ष अध्यावधिक गरिएको थियो । त्यसअघिसम्म नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने भन्ने गरिन्थ्यो । तर गत वर्ष जेठ २८ गते नै मनसुन नेपाल भित्रिएको थियो ।

दक्षिण एसियाका देशहरुको मौसमी अवस्थाबारे ‘साउथ एसियन आउटलुक फोरम (सास्कोफ)’ले निकालेको साझा निष्कर्षको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालको मौसमी अवस्थाबारे आँकलन प्रतिवेदन तयार गर्दछ ।

सास्कोफमा नेपाल, भारत, म्यानमार लगायतका दक्षिण एसियाली ९ देशका मौसमविदहरु र विश्व मौसम संगठन, विश्व मौसम संगठनको क्षेत्रीय जलवायु केन्द्र भारत, युके मेट अफिस बेलायत, थाइल्याण्ड, अमेरिका र जापानका प्रतिनिधिहरु सहभागी हुन्छन् ।

यस वर्ष सास्कोफको २२ औं सत्रको बैठक भर्चुअल माध्यमबाट यही वैशाख १३ गतेदेखि १५ गतेसम्म बसेको थियो । यही मञ्चले २०७९ सालको मनसुन दक्षिण एसियाका अधिकांश भूभागहरुमा सरदर वा सरदरभन्दा बढी पानी पर्ने भनेर आफ्नो साझा निष्कर्ष निकालेको थियो । सोही निष्कर्षको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालका अधिकांश स्थानमा यस वर्षको मनसुन अवधिमा सरदर भन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको हो ।

गत वर्ष (२०७८ साल)को मनसुन अविधिमा पनि विभागले धेरैजसो स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको थियो । गत वर्ष सो प्रक्षेपण मिलेको थियो । २०७८ को जेठ मसान्तमा आएको ठूलो बाढी तथा पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा जनधनको व्यापक क्षति पुर्याएको थियो ।

गत वर्षको मनसुन अवधिमा बाढी, पहिरो र अविरल वर्षाको कारण १३६ जनाको मृत्यु तथा ४० जना बेपत्ता भएको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

यो वर्ष पनि धेरै वर्षा हुने प्रक्षेपण गरिएकाले धनजनको क्षति रोक्न पूर्वसावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।

अनलाइनखबरबाट

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर
अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर

May 16, 2022
मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)
अन्तर्राष्ट्रिय

मोदीको लुम्बिनी भ्रमण (फोटो फिचर)

May 16, 2022
बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि
मुख्य समाचार

बालेनले कटाए ६ हजार मत, स्थापित र सिर्जनाभन्दा ३ हजार मतले अघि

May 16, 2022
भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता
मुख्य समाचार

भरतपुर महानगरमा रेणु दाहालले लिइन् अग्रता

May 16, 2022
बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी
प्रदेश-१

बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

May 16, 2022
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज
अन्तर्राष्ट्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन, अवतरण गरे दुई जहाज

May 16, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
७७ जिल्लामा पुग्यो मतपत्र, पालिकामा पठाउने तयारी

७७ जिल्लामा पुग्यो मतपत्र, पालिकामा पठाउने तयारी

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In