Monday, January 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह दुर्घटना / विपद्

कम्बोडियाको होटलमा आगलागी हुँदा झापा बिर्तामोडका एक युवाको दुःखान्त : १२ तल्लाबाट हाम्फाल्नुअघि छोरासँग मुटु चिर्ने संवाद

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 30, 2022
  • 2:58 PM
  • No Comments
भित्र दुर्घटना / विपद्, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, स्वास्थ्य / जीवन शैली
188 1
A A
Share on FacebookShare on Twitter
कम्बोडियाको होटलमा आगलागी हुँदा झापा बिर्तामोडका एक युवाको दुःखान्त : १२ तल्लाबाट हाम्फाल्नुअघि छोरासँग मुटु चिर्ने संवाद

कम्बोडियाको पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल तथा क्यासिनो कम्प्लेक्समा गत वुधबार भीषण आगलागी भयो । उक्त आगलागीमा २४ जनाको मृत्यु भएको तथा दर्जनौं अझै हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सीएनएनमा आज प्रकाशित समाचारअनुसार अधिकारीहरुले अहिले मृत्यु भएका व्यक्तिहरुको राष्ट्रियता पत्ता लगाउने काम थालेका छन् । आगलागीको कारण अहिलेसम्म खुलेको छैन । कम्बोडियन सरकारले अनुसन्धानका लागि एउटा कमिटी गठन गरेको छ । कम्तिमा ७० जना आगलागीमा परेर घाइते भएको जनाइएको छ ।

कम्बोडियन अधिकारीहरुले शुक्रबार होटलका कोठाहरुमा थप शवहरु भेट्टाएका थिए । यसअघि होटलभित्र सबैतिर धूवाँ फैलिएर उद्दारमा कठिनाइ भएकोमा अहिले धूवाँ हटेको छ । धूवाँभित्र निस्सासिएर केही व्यक्तिको मृत्यु भएको अनुमान छ ।
थाइल्यान्डबाट आएका उद्दारकर्ताहरुका अनुसार केही व्यक्तिहरुले आगलागीपछि होटलबाट तल हाम्फालेका थिए ।
‘दुई व्यक्तिहरुले होटलबाट हाम्फालेलगत्तै मृत्यु भयो । चार-पाँच जनाको खुट्टा भाँच्चिएको छ,’ उद्दारकर्ता पिरापन श्रीसाकोर्नले सीएनएनलाई बताएका छन् ।

होटलका कोठाहरु तथा भर्याङमा विद्युतीय प्रणाली जडान भएको थियो । आगलागी लगत्तै विद्युत अवरुद्ध भएपछि होटलभित्र रहेका मानिसहरु बाहिर निस्किन र तल ओर्लन सकेनन् । कोठाभित्रै थुनिएकाहरुलाई उद्दार गर्न पनि सम्भव भएन ।
होटलबाट कम्तिमा ७०० जना थाइ नागरिकहरुको उद्दार गरेर थाइल्यान्डको अस्पतालमा पुर्याइएको थियो । घटनास्थलमा ३०० पुलिस अफिसर, ११ दमकल तथा केही संख्यामा हेलिकोप्टर पनि परिचालन गरिएका थिए ।

अरायाफ्राथेट रेस्क्यू फाउन्डेसनका पिरापनले भवनको तल्लो तल्लामा रहेको रेस्टुरेन्टबाट आगलागी सुरु भएको आशंका व्यक्त गरे । मौसमको अवस्थाले गर्दा पनि आगो फैलिन मद्दत गरेको उनको भनाइ छ ।

‘त्यस राति निकै हावा चलेको थियो,’ उनले भने, ‘सल्किएको आगो केही बेरमै माथिल्लो तल्लामा पुग्यो र सबैतिर फैलियो ।’
‘केही मानिसहरु क्रेनले उद्दार गर्नसक्छ भन्ने सोचेर छततिर दौडिए । तर, त्यस्तो क्रेन उपलब्ध भएन,’ उनले भने ।

हाम्फाल्दा एक नेपालीको मृत्यु

आगलागीमा ज्यान गुमाउनेहरुमध्ये एक जना नेपाली नागरिक थिए- निराकार पाण्डे । झापा घर भएका ४० वर्षीय पाण्डेले क्यासिनोको १२ औं तल्लाबाट हाम्फालेको समाचार सेतोपाटी डट कमले प्रकाशित गरेको छ । उक्त अनलाइनमा हाम्फाल्नुअघि निराकारले आफ्ना नाबालक छोरासँग गरेको भीडिओ कुराकानी पनि समावेश गरिएको छ, जसलाई थुप्रैले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

निराकारले ९ वर्षिय छोरालाई सम्झाइबुझाइ गरिरहेका बेला उनी बसेकै स्थानमा धुवाँ फैलिसकेको भिडियोमा देखिन्छ । उनले निकै संयमित भएर छोरासँग संवाद गरेका छन ।

‘मैले जेजति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा । मैले सकिनँ । तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन्,’ उनले आफ्नो छोरासँग भनेका छन् ।

भवनमा आगलागी भएपछि पाण्डेले आफ्नो बुवा, आमा, श्रीमती, छोरा, दाइ र भाइहरुसँग पनि कुराकानी गरेको समाचारमा उल्लेख छ ।

भाइबर कलमा पाण्डेले छोरालाई यसरी सम्झाएका छन्ः

‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अलवेज लभ्स यू । जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है । आर्मन इज द बेष्ट है सानु । अब सुन है । मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नु है । लमजुङ बुबा मामुलाई माया गर्नु सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा । कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा । अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनु । माइजुहरूलाई चित्त नदुखाउनु । उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले ।

लमजुङ बुबाआमाले पनि धेरै गर्नुभएको छ । है सानु तिमी धेरै ठूलो मान्छे बन्नु । ज्ञानी हुुनु । अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ । है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु । उसले मलाई दाजु भन्छ । उसलाई एकदम रेस्पेक्ट गर्नु, है बाबु ।

भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु । राम्रो मान्छे बन्नु । कसैलाई चिट गर्नुहुन्न छोरा । मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा । मैले सकिनँ । तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन् । सँधै शशी मामु, अग्नि बुबा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानि कि मेरो साढु है, मेरो जेठान शान्ति शाली गोथ्ले, तिम्रो भाइ, आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इज्जत गर्नू, ज्ञानी बस्नू ।’

 

नेपालप्रेसबाट

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ १६ गते, सोमबार)

January 30, 2023
चैत ५ गते स्ववियू निर्वाचन
कानून / अपराध

२०५१ साल फागुन २८ गते पछि जन्मेकाले मात्र स्ववियु चुनावमा उम्मेदवार हुन पाउने

January 29, 2023
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने
मुख्य समाचार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

January 29, 2023
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

January 29, 2023
रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन
कानून / अपराध

रास्वपा सभापतिमा फेरि रवि लामिछाने चयन

January 29, 2023
सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
कानून / अपराध

सन्दीप लामिछानेलाई थुनामै राख्ने मागसहित महान्यायाधीवक्ता कार्यालय सर्वोच्च जाँदै

January 29, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
त्रिभुवन विश्वविद्यालयमा पुस १७ गतेदेखि जाडाे बिदा

त्रिभुवन विश्वविद्यालयमा पुस १७ गतेदेखि जाडाे बिदा

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In