झापाका भित्री सडकमा सवारी दुर्घटना बढ्दै : ३५ प्रतिशत दुर्घटना भित्री सडकखण्डमा

२२ फागुनः मेचीनगरः

घटना : १

१४ फागुनमा झापाको कन्काई नगरपालिका—८ खाडीबस्तीस्थित घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ जादैं गरेको मे १ त ११५१ नम्बको ट्याक्टरले विपरित दिशातर्फ जादैं गरेको प्रदेश १—०१—०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दियो । घटनामा मोटरसाइकल चालक सोहि ठाउँका ४५ वर्षका सागर मिश्रको मृत्यू भयो ।

घटनाः२

१९ फागुनमा साँझ ७ बजेतिर झापाको मेचीनगर नगरपालिका ५ स्थित घोडाजिन स्थित पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जादैं गरेको मे ११ प ५७६५ नम्बरको सेतो रंगको बुलेट मोटरसाइकलले पैदलयात्री सोहि ठाउँकी ५५ वर्षीया देवीमया विकलाई ठक्कर दियो । मोटरसाईकलको ठक्करबाट घाइते विकको उपचारका क्रममा विर्तामोडको एउउटा अस्पतालमा ७ः३० बजे निधन भयो ।

घटनाः ३

२१ फागुनमा साँझ ६ बजेको समयमा झापा जिल्ला झापा गाउँपालिका ४ मंगलबारेस्थित हुलाकी राजमार्गमा शरणामतीबाट कुमरखोदतर्फ जादैं गरेको मे ३ प ५९२९ नम्बरको मोटारसाइकलले पैदलयात्री सोहि ठाउँका ५५ वर्षका शम्भु कार्कीलाई ठक्कर दियो । घाईते कार्कीलाई उपचारका लागि विर्तामोडको एउटा निजी अस्पतालमा पुरयाईएको थियो । डक्टरले अस्पताल पुर्याउन साथ कार्कीलाई मृत घोषणा गरेका थिए ।

झापा जिल्लाको मुख्यः सडकबाहेक ग्रामीण सडकमा हुने सवारी दुर्घटनाका केही प्रतिनिधि घटनामात्र हुन् यी तीनवटा घटना । घटना नम्बर २ मा विकसँगै ६ वर्षीया निशा विकसमेत घाइते छन् । उनको उपचार भईरहेको छ । तीनवटै घटनामा संलग्न सवारी साधनसहित चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी, प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्लाका मुख्यः मार्गभन्दा ग्रामीण सडक (भित्री सडकखण्ड) मा बढी सवारी दुर्घटना हुने गरेको प्रहरी अधिकारीहरुले बताएका छन् । शहरीक्षेत्रमा भन्दा ग्रामीणक्षेत्रमा सुरक्षाकर्मीको उपस्थिती पातलो हुने भएकाले पनि यस्ता क्षेत्रमा सवारी दुर्घटना हुने अनुमान प्रहरीको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को माघमहिना सम्म जिल्लामा २ सय ८२ वटा सवारी दुर्घटना भएका छन् । कार्यालयका वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारीका अनुसार कुल दुर्घटना संख्याको ३५ प्रतिशत वा एकसय वटा दुर्घटना ग्रामीण सडकमा भएका छन् । चालु आर्थिक वर्षको सातमहिनामा ४६ जनाको मृत्यू भएकोमा २० जनाको ग्रामीण सडकमा भएका सवारी दुर्घटनामा मृत्यु भएको वरिष्ठ प्रहरी नायव निरीक्षक सोडारीले जानकारी दिनुभयो । पछिल्लो समय सडक सञ्जाल गाउँ गाउँमा पुगेको, अधिकाँश कच्ची सडक पक्की र कालोपत्रे भएकाले पनि सवारी साधनको चाप बढेकाले दुर्घटना बढ्ने स्थानीय सञ्चारकर्मी डम्बर वरालको भनाई छ । भित्रीखण्डका धेरै ठाउँका सडकहरु जीर्ण भएकाले पनि जोखिम हुने उहाँ बताउनुहुन्छ ।

प्रहरीको उपस्थिती नभएकै कारण त्यसको फाईदा लिन सवारी नियम उल्लंघनका घटना समेत अहिले भित्रि सडकखण्डमा बढ्ने गरेको प्रहरीको भनाई छ । सवारी दुर्घटना हुनुमा तीव्र गति, मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु लगायतका कारण रहेको भन्दैं एकजना प्रहरी अधिकृतले भने—‘यीबाहेक अरू विविध कारणबाट पनि सवारी दुर्घटना हुन्छन् ,सडक दुर्घटना निर्मूल पार्न असम्भव छ । तर सवारी चलाउने बानीमा सुधार, ट्राफिक नियम पालना, सडक अवस्था राम्रो बनाउने तथा राज्यको नीतिगत तहबाट सुधार गरिने हो भने दुर्घटना जोखिम कम गर्न अवश्य सकिन्छ ।’

ग्रामीण सडक र साना बजारमा साइकल र पैदलयात्रीको उपस्थिती बाक्लै हुने भएपनि यी स्थानमा वरीपरी सहायक सडक नभएकाले पनि दुर्घटना जोखिम धेरै हुन्छ । ‘ग्रामीण सडकमा वरिपरि सहायक सडक नभएकाले साइकल तथा पैदलयात्री एउटै मार्गबाट हिँड्छन् र दुर्घटना जोखिम धेरै हुन्छ । मेचीनगर ५ का जनप्रतिनिधि माया प्याकुरेल उप्रेतीले भन्नुभयो । दुर्घटनाको प्रमुख कारण सवारी चाप बढ्नु भएको प्रहरीको भनाई छ । निर्माणजन्य सामग्री ओसारपसार गर्ने टिपर लगायत गाडीको खुला ट्रेलरबाट सामग्री उछिट्टिएर अरू गाडीमा क्षति हुने र दुर्घटना निम्तिएका छन् । ग्रामीणक्षेत्रमा गृह निर्माणका सामग्री जताततै राख्ने , चौपायहरु समेत बाटामै बाँध्ने, विस्कुनहरु सुकाउने तथा पराल समेत जताभावी सुकाउने, छाडा चौपाय, सामूदायिक कुकुरहरुका कारण पनि ग्रामीण सडकमा दुर्घटना बढ्ने ज्यामिरगढी मावि व्यवस्थापन समितिका अध्यक्ष मञ्जु बस्नेतले बताउनुभयो ।

ग्रामीण सडकका गल्लीका साँघुरा मोडमा हर्न बजाउन नपाउँदा विपरीत दिशाबाट गाडी आएको जानकारी हुँदैन र मोडमा ठोक्किने सम्भावनाबढि हुने एकजना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ । आफू त्यस्ता मोडमा पुगेपछि आफ्नो छेउ च्यापेर गति कम गरेर विस्तारै चलाउनु पर्ने उहाँको सुझाँव छ । ट्राफिक जरिवाना कम भएकाले पनि सवारी चालकले लेन अनुशासन पालना नगरेको उहाँको भनाई छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.