कोशी ब्यारेजमा यात्रुवाहक बस खस्यो : २० जनाको उद्धार

इटहरी- कोशी ब्यारेजमा बिहीबार यात्रुवाहक बस खसेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बिहीबार साँझ कोशी ब्यारेजमा यात्रुवाहक बस खसेको जानकारी दिए।

उनका अनुसार विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस बिहीबार दिउँसो कोशी ब्यारेजमा खसेको हो।

सप्तकोसी नदीमा खसेको बसबाट तत्काल २० जनाको उद्धार भएको उनले जानकारी दिए। ‘बसमा कतिजना सवार थिए भन्ने यकिन खुलिसकेको छैन, हामीले घटनास्थलबाट २० जनाको उद्धार गरेका छौँ,’ उनले भने, ‘विराटनगरबाट गाइघाट जाँदै गरेको बस आज खसेको हो। थप अनुसन्धान भइरहेको छ।’

बसमा कतिजना सवार थिए भन्ने यकिन भइनसकेको एसपी रेग्मीले जानकारी दिए।
हिमाल प्रेस

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.