८ पौष, मेचीनगर : १८ मंसिरमा झापाको मेचीनगर नगरपालिका–११ स्थित तेलिबारीमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक भद्रपुर नगरपालिका–१० का ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भयो ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर–११ स्थित तेलिबारी बागमती प्र–०१– ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए ।
उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पु¥याउना साथ चिकित्सकले न्यौपानेलाई मृत घोषित गरेका थिए ।
१ पुसमा झापाको दमक नगरपालिका वडा नं. १० सेतुमारी चोक नजिक भित्री सडक खण्डमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्युु भएको छ ।
सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैँ गरेको प्रदेश न. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार गौरादह नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३२ कि जमुना धिमाल र सोही स्थान बस्ने वर्ष २५ कि मनचरी राई भनिने ओम कुमारी राईको उपचारका क्रममा दमक अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
४ पुसमा झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा चालक मेचीनगर ६ का ३४ वर्षीय दिवस प्रधानको मृत्यु भयो । मेचीनगर —८ मकरेचोकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा चालक प्रधान घाइते भएका थिए ।
यी प्रतिनिधि घटना मात्र हुन् । झापा जिल्लाभरिमा दैनिक सानाठुला सडक दुर्घटना भइरहन्छन् । सडक दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल‐दुई पाङग्रे)सवारी साधनका चालक त्यसमा सवार यात्रुको मृत्यु हुने गरेको तथ्याक ठूलै छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को ६ महिनामा झापामा मोटरसाइकल ‐दुई पाङग्रे)सवारी साधनबाट ३७ जना मानिसको ज्यान गएको छ । मोटरसाइकल र स्कुटर जस्ता साधन ठूला गाडीको कारणले मात्र होइन, आफ्नै कारणले पनि असुरक्षित बनिरहेका छन् । जिल्लामा भएका सवारी दुर्घटना भित्री सडकमा समेत भएका । अझ प्रहरीको अनुपस्थित हुने क्षेत्रमा पुरै लापरवाही हुने गरेको छ । समाजत्यसप्रति सकरात्मक बन्नुपर्ने, यस्तो समस्या ग्रामीणक्षेत्रका सडकमा धेरै छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार यो अवधिमा झापाका विभिन्न ठाउँमा ४ सय ४५ वटा मोटरसाइकल ‐दुई पाङग्रे)सवारी साधन दुर्घटना हुँदा ३ बालक, ७ महिला र २७ पुरुषगरी कुल ३७ जनाको मृत्यु भएको छ । सोहि अवधिको दुर्घटनामा परेर ६ सय ८३ जना मानिस घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाईते हुनेमा सबैभन्दा बढी ४ सय ८२ जना पुरुष छन् । यसैगरी, १ सय ३५ महिला तथा ३३ बालक र ३३ बालिका समेत घाईते भएका छन् । सवैभन्दा बढी असोज महिनामा ९० वटा मोटरसाइकल ‐दुई पाङग्रे) सवारी साधन दुर्घटनामा ८ पुरुष र २ महिलासहित १० जनाको ज्यान गएको प्रहरी निरीक्षक पौडेलको भनाई छ । ८६ पुरुष ३० महिला तथा बालक र बालिका १०÷१० गरी कुल १ सय ३६ जना सो महिनामा घाईते भएका थिए । अन्य महिनाको तुलनामा चाडपर्व परेका कारण असोजमा बढी दुर्घटना भएको र मानवीय समेत भएको उहाँको भनाई छ । षौषमा सवैभन्दा कम भएका ६० वटा दुर्घटनमा परेर महिला र पुरुष १÷१जनाको ज्यान गएको र ८९ जना मानिस घाईते भएको अभिलेख कार्यालयमा छ । पौष महिनाका दुर्घटनामा परी ७३ पुरुष, १० महिला , ४ बालक र २ बालिका घाईते भएको प्रहरीको भनाई छ ।
साउनमा मोटरसाइकल ‐दुई पाङग्रे) सवारी साधन दुर्घटनामा परेर ७ पुरुष, १ महिला गरी कुल ८ जनाको ज्यान गएको थियो । ८१ पुरुष, २७ महिला २ बालक र ६ बालिकागरी कुल १ सय १६ जना घाईते भएको प्रहरीको अभिलेखले देखाएको छ । सो महिना जिल्लाका विभिन्न स्थानमा ७२ वटा दुर्घटना भएका थिए ।
भद्रौमा भएका ७६ वटा दुर्घटनामा परी २ पुरुष, १ महिला र १ बालकगरी कुल ४ जनाको मृत्यु भएको थियो भने, ७१ पुरुष, २८ महिला, ८ बालक र ५ बालिकागरी कुल १ सय १२ जना मानिस घाईते भएका थिए ।
कात्तिकमा भएका ७९ वटा दुर्घटनामा परी जिल्लामा ७ जनाको ज्यान गएको छ । ती दुर्घटनामा परेर ५ पुरुष र २ महिलाको ज्यान गएको हो भने , ८५ पुरुष २५ महिला ४ बालक र ६ बालिकागरी कुल १ सय २० जना मानिस घाईते भएका छन् ।
मंसिरमहिनामा त्यस्ता सवारी साधनमा परेर ६ जनाको मृत्यु भएको प्रहरीको भनाई छ । कुल ६८ वटा दुर्घटनामा परी ४ पुरुष र २ महिलाको ज्यान गएको हो । यसैगरी, ८६ पुरुष१५ महिला ५ बालक र ४ बालिकागरी कुल १ सय १० जना मानिस घाईते भएका छन् ।
मोटरसाइकल दुर्घटना गाउँमा भन्दा बढी सहरी क्षेत्रसहित भित्रि सडकखण्डमा बढी हुने गरेको छ । एकजना प्रहरी अनुसन्धान अधिकृतका अनुसार मोटरसाइकल दुर्घटनामा दुईजना चढेको अवस्थामा पछि बस्नेलाई बढी क्षति हुने गरेको छ । मोटरसाइकल दुर्घटनाका कारण तीव्र गति, ट्राफिक नियम उल्लंघन, जथाभावी ओभरटेकलगायत ट्राफिक नियम पालना नगर्दा हुने गरेको प्रहरी निरीक्षक पौडेलको भनाई छ । उहाँका अनुसार चारपांगे्रको तुलनामा दुईपांगे्र सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेका छन् । जसमा दुईपांग्रे मोटरसाइकल–स्कुटीको दुर्घटना ८० प्रतिशत र चारपांगे्र गाडीको दुर्घटना २० प्रतिशत रहेको एउटा तथ्याङ्कले देखाएको छ ।
चारपाङग्रेको तुलनामा मोटरसाइकल चलाउनेको संख्या बढी भएकाले पनि तुलनात्मक रूपमा दुर्घटना बढी र मृत्यु पनि बढी हुने गरेको प्रहरी निरीक्षक पौडेल सार्वजनिक यातायात छिटोछरितो र व्यवस्थित नभएकाले पनि धेरैको रोजाइ र बाध्यता मोटरसाइकल र स्कुटी बन्दै गएको समाजशास्त्री गोविन्दराज न्यौपानेको भनाई छ । ट्राफिक नियमपालना नहुनु, थोत्रा सवारीसाधन गुडाउन अनुमति दिनु, नियम उल्लंघन गर्नेलाई कडा कारबाही नहुनु, पैदल यात्रुले पनि नियम उल्लंघन गर्नु, सडक पूर्वाधार सुरक्षित नहुनुजस्ता कारणले नेपालमा दुर्घटना बढ्दै गएको विज्ञहरुको भनाई छ । ठुला र साना दुवै सवारीसाधनले अनुशासन पालना नगर्दा समेत यो समस्या आउने गरेको उहाँहरुको बुझाई छ । चालकले तीव्र गतिमा सवारीसाधन नचलाउने र पैदलयात्रीदेखि चालकसम्मले ट्राफिक नियम पालना गरेमा दुर्घटना कम हुने बताईन्छ ।