पाथिभरा यात्राका क्रममा दुर्घटना : गाडीमा आगलागी हुँदा ४ जनाको मृत्यु, २ घाइते

पाथिभरा मन्दिर दर्शन गर्न जाँदै गरेका तीर्थयात्री सवार गाडीमा भएको भीषण आगलागीमा ४ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्।

फुङलिङ नगरपालिका–१० को गुन्द्रे र तेर्सेबीचको सडकमा बिजुलीको तार झरेर मे १ ज ३०११ नम्बरको गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ। सो घटनामा फुङलिङ–१० का सवारी चालक दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाकी ६९ वर्षीया सरिता पौडेल र ७० वर्षीय विनोद पौडेलको मृत्यु भएको हो।

घाइतेमध्ये ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

मृतक आध्या आचार्य सविना आचार्यकी छोरी हुन् भने सरिता र विनोद पौडेल सविनाका बुबाआमा भएको खुलेको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

स्थानीय प्रशासन र प्रहरी घटनास्थलमा अनुसन्धान तथा उद्दारमा खटिएका छन्।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.