सविनाको बुवा–आमालाई पाथीभरा पुर्याउने सपना अधुरै

९ बैशाख, मेचीनगर : ताप्लेजुङको पाथीभरा दर्शनका लागि भनेर आफ्ना दुई सन्तानसहित ललितपुरकी ४५ वर्षीया सविना आचार्य शनिबार झापाको भद्रपुरमा रहेको माइती घरमा आइपुगिन । १० वर्षीय छोरा अभियम आचार्य १६ वर्षीया छोरी आध्या आचार्य पनि मावली घर आउन पाएकोमा खुशी नै थिए । त्यसमा पनि हजुआमा हजुरबुबासहित स—परिवार मिलेर ताप्लेजुङको पाथीभरा देवीको दर्शनका लागि जान पाउँदा झनै खुशी थिए ।

छोरा छोरासहित भद्रपुर —८ माइती घर आएकी सविना आफ्ना बाबुआमा क्रमस ७० वर्षीय विनोद पौडेल , ६९ वर्षीया सरिता पौडेल र आफुसहित ५ जनालाई लिएर आइतबार विहान त्यसतर्फ प्रस्थान गरिन । आइतबार साँझ उनीहरू सदरमुकाम फुङलिङमा रहेको होटेल प्यारिजमा वास बसे ।

भोली पल्ट सोमबार विहानमात्र उनीहरुको उकालो चढ्ने योजना थियो । पाथीभराको फेदी काफ्लेपाटीसम्म पुग्न सविनाले मे .१ ज ३०११ नम्बरको ट्याक्सी बन्दोबस्त गरिन् । त्यही ट्याक्सीमा शुरु भयो उनीहरुको पाथीभरा देवीको दर्शन यात्रा ।

उनीहरुलाई के थाहा पाथीभरा नपुग्दै तीर्थ यात्रा टुंगिन्छ भनेर । तर, जे नहुन पर्ने थियो त्यही भयो । सविनासहित उनको परिवारको पाथीभरा नपुग्दै टुंगियो तीर्थयात्रा । घरबाट पाँचजना सँगै पाथीभरा देवीको दर्शका लागि निस्केका तर, गन्तव्यमा पुग्न नपाउँदै तीनजना अस्ताए । सविनाको बुवा–आमालाई पाथीभरा पुर्याउने सपना पनि अधुरै रह्यो । मन्दिर पुग्ने यात्रा केही दूरी बाँकी रहँदै सधैँका लागि रोकियो । पाथीभरा पुग्ने त्यो सपना क्षणभरमै चकनाचुर भयो ।

जहाँ उनले आफ्ना बाबुआमा क्रमस ७० वर्षीय विनोद पौडेल ६९ वर्षीया सरिता पौडेल अनि १६ वर्षीया छोरी आध्यालाई सदाका लागि गुमाइन् । सुकेटारबाट काफ्लेपाटीसम्म खाल्डाखुल्डी त थियो नै । तर, बाटोमा लत्रिएको बिजुलीको तारनै उनीहरुको मृत्युको कारण बन्यो ।

पाथीभरा मन्दिर जाने सुकेटार–काफ्लेपाटी सडक खण्डअन्तर्गत फुङलिङ– १०, सेवारो चोकमा उनीहरू सवार मे १ भ ३०११ नम्बरको बोलेरो जिप सोमबार लत्रिएको बिजुलीको तारमा अल्झिएर आगो लागेको थियो । उनीहरुसहित यात्रु लिएर पाथिभरातर्फ जाँदै गरेको उक्त जीप पाथीभरा क्षेत्रको सेवारो चोकमा सोमबार बिहान दुर्घटनामा पर्यो । त्यही दुर्घटनामा निष्ठुरी काल उनका हकमा बेशरम आयो, बेतुकमा आयो, अनायाशै आयो । अप्रत्याशित आयो र अल्पायूमा नै आयो । उनीहरुको पाथीभरा देवीको दर्शन गर्ने सपना अधुरो मात्र रहेन सविनाका बुवा विनोद, आमा सरिता र छोरी आध्या पाथीभराको दर्शन गर्न नपाउँदै सधैँका लागि अस्ताए ।

एक आमाको श्रद्धाभाव, छोरी–छोराको उत्सुकता र बुढा बाबुआमाको आध्यात्मिक आस्था बोकेर सुरु भएको एक पवित्र यात्रा पाथीभरा पुग्न नपाउँदै विदारक दुर्घटनामा बदलियो, जस्का कारण आज सविनाको आफ्नो घर ललितपुरमात्र होइन उनको माइती घर झापा भद्रपुरसमेत पुरै शोकमग्न बनेको छ । घटना सुनेदेखि उनीहरुका आफ्न्तमात्र होइन छर छिमेकीका आँखासमेत ओभाएका छैनन् ।

त्यही घटना परेर सविना र छोरा अभियम घाइते अवस्थामा छन् । ‘हामी शोकमा छौ, पत्याउनै नसकिने र अकल्पनिय घटना भयो , पौडेलका छिमेकीहरु भन्छन् —‘मृत्युको खबरले सबैलाई दुखित बनाएको छ । ’ मैले त त्यहाँको दृश्य हेर्न पनि सकिन् स्थानीय सञ्चारकर्मी इशा प्रधान भन्छिन —‘ पाथीभरा देवीको दर्शनका लागि जानु भएको थियो तीनजना त कहिल्यै नर्फकने गरि अस्ताउनु भयो । यो घटनाले घरका सदस्य तथा आफन्तमा रुवाबासी चलेको छ । गाउँ नै शोकमा डुबेको छ । ’ चिकित्सकसमेत रहेका सविनाका श्रीमान् निरन्जन आचार्यको आँखा अझै ओभाएको छैनन् । छोरी र सासूससुरा गुमाएका निरन्जन घटनास्थलमा आफै आइपुगेका थिए ।

‘नियतीको खेल व्यहोर्नु, स्वीकार्नु बाहेक अरु कस्को के लाग्छ ’ नेपाल रेडक्रस सोसाइटि झापा शाखाका अध्यक्ष लोकराज ढकालले सामाजिक सञ्जालमा लेखे छन् । मृतक विनोदका बुवा नेपाल रेडक्रस सोसाइटि पूर्व केन्द्रीय सदस्य तथा पूर्व न्यायाधिस हुन् ।

दुर्घटनामा परी मृत्यू भएका विनोद पौडेल, सरिता पौडेल र आध्या आचार्यको मंगलबार साँझ झापा भद्रपुरको देवनियास्थित विश्रान्ती घाटमा अन्त्येष्टी गरिएको बताइएको छ । मृतकप पौडेलका छोरा बुहारी अष्ट्रेलियामा रहेका कारण आउन ढिला भएकाले अन्त्येष्टी गर्न समय लागेको स्थानीयको भनाई । छोरा बुहारी नेपाल आइपुगेको र बताइएको छ । ‘ अन्त्येष्टीको तयारी पुरा भएको छ, हामी घटमा छौ, छोरा बुहारीको पर्खाईमा मात्र हो, अब केही बेरमा आइपुग्ने कुरा छ । मौसमका कारण उडानमा समस्या भएकाले ढिलाई भयो । ’ स्थानीयको भनाई ।

झापाका दुई जना र ललितपुरको एक गरी तीन जनाको शव परिवारले बुझेको थियो । दुर्घटनामा परेर ज्यान गुमाएका विनोद पौडेल, उनकी श्रीमती सरिता पौडेल, उनीहरूकी नातिनी ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्यको पोस्टमार्टम प्रक्रिया सकेर परिवारले शव बुझेको स्थानीय प्रशासनले जनाएको छ । सोमबार शव बुझे पनि मंगलबार दिउसो करीब ४ बजेतिर मात्र शव झापा घर ल्याइएको थियो ।

दुर्घटनामा पौडेल परिवारकै दुई सदस्य घाइते भएका छन् । उनीहरुलाएई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.